खोलिने भयो निताको 'नोटबुक'
Published on Sunday, November 25, 2012
10:39 PM //
Entertainment
नायिका निता ढुङ्गाना अभिनित सिनेमा ‘नोटवुक’ आगामी चैत्र ३० गतेबाट अल नेपाल रिलिजमा आउने भएको छ । योगेश घिमिरेको निर्देशन तथा प्रज्ञा जोशीको लगानी रहेको ‘नोटवुक’ चैत ३० गते प्रदर्शन हुन लागेको निर्माता जोशी स्वयमले मेरो सिनेमालाई जानकरी गराईन् ।
शिवम अधिकारीको कथा र निर्देशक घिमिरे स्वयमको पटकथा एवम संवाद रहेको यस सिनेमामा बसन्त सापकोटाले संगीत भरेका छन् । त्यस्तै रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गरेको ‘नोटवुक’ मा कविराज गहतराजको नृत्य निर्देशनलाई देख्न सकिन्छ । काठमाडौ भित्रका र ईलामस्थित श्रीअन्तु डाँडामा छायाँकन गरिएको यस सिनेमालाई संजय लामाले खिचेका छन् । ८० लाख बजेट भनिएको ‘नोटवुक’ काठमाडौ प्रदर्शनीको जिम्मा सुनिल मानन्धर र मोफसल प्रदर्शनीको जिम्मा चैतन्य बरालले लिएका छन् । स्मरण रहोस हाल सुटिङको क्रममा रहेको सिनेमा ‘हमेशा’ लाई पनि चैत्र ३० गते नै अल नेपाल रिलिज गर्ने निर्माण पक्षले बताएको छ ।
0 comments