मनाङ र जाउलाखेलको पहिलो जित
Published on Monday, November 26, 2012
6:00 AM //
Sports
१० मंसिर, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फटबलमा मनाङ मस्र्याङ्दी र जाउलाखेल क्लबले पहिलो जित हात पारेका छन् ।
आइतवार भएको खेलमा आफ्नो मनाङले सरस्वतीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा मनाङ संकटासंग १-१ गोलका बराबरीमा रोकिएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा अग्रता भने सरस्वतिले नै लिएको थियो । पहिला हाफको ३२ औं मिनेटमा रमेश घिसिङले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हापमा लयमा फर्किएको मनाङका लागि ५४ औं मिनेटमा सुजल श्रेष्ठले बरावरी गोल फर्काए याए । एकपछि अर्को आक्रमणलाई जारी राखेको मनाङका मेविल स्टेफनले खेलेको ६३ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए भने यस्तै ९२ औ मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै मनाङलाई ३-१ को जित दिलाए ।
अर्को खेलमा जाउलाखेलले सशस्त्र प्रहरीको एपीएफलाई ३-१ ले पराजित गरेको छ । जाउलाखेलको जितमा जोन डुकेले हृयाटि्रक गरे भने एपीएफका लागि सन्तोष श्रेष्ठले सान्त्वना गोल गरे । पहिलो खेलमा जाउलाखेल मच्छिन्द्रसँग पराजित भएको थियो भने एपीएफ हिमालयन शेर्पासँग स्तभ्द भएको थियो ।












0 comments