मनिषा कोईराला अस्पताल भर्ना
Published on Sunday, November 25, 2012
10:32 PM //
news
नायिका मनिषा कोईराला थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् । एक्कासी पेटमा समस्या देखिएपछि नायिका कोइरालालाई नर्भिकको इमरजेन्सी वार्डमा चेकअपको लागी भर्ना गरिएको हो । अहिले नर्भिकका डाक्टर मधु घिमिरेले नायिका कोइरालालाई चेकअप गरिरहेका छन् । नायिका कोइरालाको स्वास्थ्य स्थितिको वारेमा डाक्टर घिमिरेसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । मनिषालाई अझै कति दिन अस्पतालमा राख्नुपर्ने हो त्यो भने फाइनल भइसकेको छैन ।
सम्राट दाहालसँगको वैवाहिक जीवन टुक्रिएपछि फ्रस्टेड भएर माइतीमा बस्तै आइरहेकी मनिषाले पछिल्लो समय आफ्नो करिअर बलिउड सिनेमा उद्योगमा बिताउने बताउँदै आएकी थिइन् । तर केही समय अघि उनी अभिनित सिनेमा ‘भूत रिटन्र्स’ ले वलिउडमा खासै राम्रो ब्यापार गर्न नसकेपछि उनी झन फ्रस्टेड भएको खवरहरुले मिडियामा राम्रै स्थान पाएको थियो । मनिषालाई Mix Sansar को तर्फबाट स्वास्थ्य लाभको कामना ।












0 comments