समुद्रको तटमा सेक्स गर्न मज्जा लाग्छ
Published on Thursday, November 22, 2012
10:00 AM //
Entertainment
चलचित्र ‘चाहन्छु म तिमिलाइ’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका नायक सुरेश महरठ्ठा अहिले रेश महरठ्ठाको नामले परिचित छन् । हालसम्म आधादर्जन भन्दा बढि सिनेमामा अभिनय गरिसकेका रेश नेपाल भन्दा अमेरिकामा नै धेरै बस्दै आएका छन् । उनै नायक महरठ्ठासँग अनलाईनखबरका लागि विजय आवाजले गरेको कुराकानीः
दशै तिहार कस्तो भयो ?
एकदमै रमाइलोसँग विताईयो यसबर्ष । तिहारमा त चलचित्र मेरो जीवनसाथीको प्रोमोशनका लागि दौडधुप पनि गरियो । तर जुवातास भने खेलिएन ।
कस्तो चल्दै छ त सिनेमा क्षेत्र ?
मेरो करिब आधादर्जन सिनेमा प्रदर्शनको पर्खाइमा रहेका छन् । यसैले पनि ६ महिना कुनै नयाँ सिनेमा नगर्ने निर्णय गरेको छु । चलचित्र मेरो जीवन साथी, माई वेष्ट फे्रन्ड, च्यालेन्ज, मिसन पैसा, रिलोडेड लगायतका सिनेमा प्रदर्शनमा आएपछि मात्र नयाँ सिनेमा गर्छु होला ।सिनेमा कमै खेल्नु हुन्छ नी ?
हैन, म धेरै सिनेमा खेल्नु भन्दा पनि राम्रा सिनेमा खेल्नु पर्छ भन्ने सोचाइ राख्छु । अर्कोतिर मैले खेलेका सिनेमाहरुको प्रदर्शन समेत ढिलो भैरहेको छ । सबै सिनेमाको प्रदर्शन पश्चात मात्र कस्तो सिनेमा खेल्ने भन्ने निर्णय गर्छु ।
अमेरिका धेरै बस्नुहुन्छ, नेपालको माया कम लागेर हो ?
मलाई नेपालले वामेसर्न सिकायो भने अमेरिकाले दौडन सिकायो । प्रविणतापत्र सकाएपछि मैले स्नात्तोकत्तरसम्मको पढाई अमेरिकामा नै गरँे । फेरि मेरो व्यापार व्यवसाय पनि उत्तै भएकाले अमेरिका धेरै बसे जस्तो देखिएको हो । तर यसको मतलब यो होइन कि मलाई नेपालको माया नै छैन ।
के भिन्नता पाउनु भयो अमेरिका र नेपालमा ?
अमेरिका र नेपालमा आकाश पातलको भिन्नता छ । तर मेरो नेपालसँग भावनात्म सम्वन्ध छ भने अमेरिकासँग विलासिताको । आखिर भावनात्मक सम्वन्ध राम्रो भयो भने मात्र विलासिताको कुरा आउने हो ।
आफ्नो सेक्सी र आकर्षक अंग कुन लाग्छ ?
विशेषगरी केटी साथीहरु मलाई मेरो शरीर राम्रो छ भन्छन् ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
व्युटी विथ ब्रेन भएकी केटी मलाई साह्रै राम्रो लाग्छ ।
युवती देख्दा पहिलो नजर कुन अंगमा जान्छ ?
म युवतीको फिगर पहिला हेर्छु । उसको स्लिम शरिर साह्रै मनपर्छ ।
पहिलो चुम्बन याद छ ?
त्यो एउटा संयोग थियो । किनकी म अमेरिका प्रवेश गर्ने वित्तिकै चुम्बनको अनुभव लिएको थिए । त्यतिबेला म १६ बर्षको थिए ।
प्रेममा कत्तिको पर्नु भयो ?
विदेशीहरुसँग त कति सम्वन्ध जोडियो जोडियो । तर बास्तवीक प्रेम भने मैले भर्खर गरेको छु । आखिर नेपाली भनेको नेपाली नै हो । विगत २ बर्षदेखि म एक नेपाली युवतीसँग प्रेममा परेको छु ।
त्यस्तो नजरले त आजसम्म कसैलाई पनि हेरेको छैन । तर काम गराइका हिसाबले खुश्वु न्यौपाने, लुनिभा तुलाधर, रेखा थापा, पि्रयंका कार्की राम्रो लाग्छ ।
कुन सेलिब्रेटीले सेक्सको आकर्षण गर्छन् ?
आफ्नो गलफ्रेन्ड ले नै मलाई सेक्सको डिजाएर गर्छिन् ।
विश्वका तीन कामुक सेलिब्रेटी ?
बेटी मोरो साह्रै कामुक लाग्छ ।
मिठो पकाउने खानेकुरा ?
इटालियन पास्ता मिठो पकाउछु म ।
सेक्सको लागि कुन समय उत्तम लाग्छ ?
बिदा मनाउन गएको समयमा मलाई सेक्स गर्न खुबै मनलाग्छ । कतै समुद्रको छेउँ होस जस्तो लाग्छ ।
मेरो जीवन साथी कस्तो सिनेमा हो ?
यो एकदमै मौलिक लभस्टोरी नेपाली सिनेमा हो । सबैले सबैसँग बसेर हेर्न मिल्ने छ ।
को सँग काम गर्न मन छ ?
राजेश हमालसँग काम गर्न मन थियो, मेरो जीवन साथीमा पुरा गरेँ ।
अब कस्तो भूमिका गर्न मन छ ?
मैले धेरै सिनेमामा अरुलाई पिटेको छु । तर अब म पिटाई खाने सिनेमा गर्न चाहन्छु । यस्तै मलाई आर्ट मुभी गर्न मन छ ।
भनेको के तपाइले अब खलनायकको भूमिका गर्न खोजेको हो ?
खलपात्रको भूमिका भन्दा पनि फरक पर्दैन ।
सिनेमा क्षेत्रमा नआएको भए ?
म पेशाले शिक्षक हो । म अमेरिकामा पढाउने काम गर्छु । फेरि म अमेरिकामा हाउजिङको व्यापारी पनि हो । अब पी.एच.डी गर्ने सोचाइमा छु ।
तपाइले त हलिउड फिल्म पनि गर्नुभयो हैन ?
हो सर्ट फिल्म प्रदर्शनमा आइसकेका छन् । तर प्रदर्शनमा नआइसकेका अन्य सिनेमाको कुरा अहिले म नगर्ने पक्षमा नै छु ।
0 comments