Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नेविसंघले राजधानीमा विरोध जुलुस निकाल्दै

Published on Thursday, November 22, 2012 8:28 AM //


७ मंसिर, काठमाण्डौ । सरकारले राजनीतिक दलहरुको सहमति विनानै निर्वाचनको मिति घोषणा गरेको बिरोधमा उत्रिएको नेपाली काँग्रेसको भ्रातृसंगठन नेबिसंघले विहीवार राजधानीमा विरोध जुलुस निकाल्दै छ ।

नेविसंघले विहीवार विहान ९ बजे राजधानी लगायत देशभर विरोध जुलुस निकाल्न लागेको हो । विरोध जुलुस पुतलीसडकवाट सुरु भई पद्यमोदय मोड, भद्राकाली हुँदै रत्नपार्कमा आएर कोषसभामा परिणत हुने नेविसंघ अध्यक्ष रञ्जित कर्णले जानकारी दिनुभयो । यस्तै आजै प्रधानमन्त्री डा वावुराम भट्टराईको पुतला दहन समेत गर्ने कार्यक्रम रहेको कर्णले वताउनुभयो ।
सरकारले राजनीतिक दलहरुको सहमतिबिना एकलौटीरुपमा बजेट ल्याएको तथा नयाँ निर्वाचनको मिति घोषणा गरेको विरोधमा नेवसंघ मंगलवारदेखि नै आन्दोलित भएको छ । यसअघि हिजो पनि नेविसंघले राजधानीमा विहान आधा घण्टा चक्का जाम गरेको थियो ।बर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने, सहमतिको सरकार निर्माण हुनु पर्ने, घोषणा गरिएको निर्वाचनको मिति फिर्ता लिनु पर्ने लगायतका माग नेविसंघले राखेको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!