वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत राजेन्द्रबहादुर बस्नेतले मुद्दा मिलाइदिने भन्दै घूस खाएको भिडियो टेप
काठमाडौ, मंसिर १३ -वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत राजेन्द्रबहादुर बस्नेतले मुद्दा मिलाइदिने भन्दै घूस खाएका छन् । बस्नेतले कार्यालय समयपछि कार्यालयकै पोसाकमा भक्तपुरको ठिमी चोकस्थित पान पसल नजिक अवैध रकम लिएका हुन् । उनी ५ महिनाअघि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट वैदेशिक रोजगार विभागमा काजमा पुगेका थिए । विभागको उजुरी शाखामा रहेका बस्नेत खासमा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल हुन् । एउटा कन्सल्टेन्सी कम्पनीबाट ठगिएको भनेर विभागमा परेको उजुरीका विषयमा छद्मभेषमा पुगेका व्यक्तिसँग बस्नेतले रकम लिएको भिडियो टेपबाट खुलेको हो । भिडियो टेप त्यही समूहले खिचेको छ, जसले पूर्वश्रममन्त्री कुमार बेलवासेको घूसकाण्ड खुलासा गरेको थियो ।
वैदेशिक रोजगार विभागका अधिकृतले घूस खाएको भिडियोटेप
वैदेशिक रोजगार विभागका अधिकृतले घूस खाएको भिडियोटेप












0 comments