Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

भान पर्सीको गोल प्रिमियरसिपकै छिटो

Published on Friday, November 30, 2012 8:47 AM //

लन्डन, मंसिर १५ (एजेन्सी)- रोबिन भान पर्सीले इङलिस प्रिमियर लिगमा सिजनकै सर्वाधिक छिटो गोल गरेका छन् । खेलपछि म्यानचेस्टर युनाइटेड बुधबार ओल्ड ट्राफोर्डमा वेस्ट ह्याममाथि १-० को विजयसहित शीर्ष स्थानमा कायम छ। 
डच फरवार्डले युनाइटेडलाई अग्रता दिलाउन ३३ सेकेन्डभन्दा बढी कुर्नुपरेन। माइकल क्यारिकबाट पाएको बलमा उनको पहिलो टचले विन्स्टन रेइडलाई बिट गर्यो भने त्यसपछि उनको प्रहार जेम्स कोलिन्ससँग डिफ्लेक्ट भएर विपक्षी गोलकिपर जुसी जास्केलाइनेनलाई छक्याउँदै गोलमा परिणत हुन पुग्यो। 

भान पर्सीको गोल बुधबार युनाइटेडका लागि ३ अंक दिलाउनुका साथै अन्य अर्थमा पनि महत्वपूर्ण सावित भयो। युनाइटेडले जारी सिजनमा यसअघि १३ पटक सुरुमा गोल खाइसकेको थियो। 'हामीले महŒवपूर्ण ३ अंक बटुल्यौं। अझै पनि हामी लिगमा सबैभन्दा अगाडि छौं,' युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले भने, 'आजको रात हाम्रा लागि निकै कठिन रह्यो। हामीले राम्रो खेलेर धेरै अवसर सिर्जना गरेका थियौं, तर फिनिसिङमा समस्या भयो। वेस्ट ह्यामले कडा संघर्ष गरेर हामीलाई अप्ठेरो बनायो।'
यो नतिजापछि युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्र अगाडि छ। साविक विजेता सिटीले बुधबार विगानमाथि २-० को अवे विजय पायो। लिगमा अपराजित रहन सफल एकमात्र टोली सिटी बुधबार निराशाजनक बराबरीमा सीमित हुने संकेत देखिएको थियो। तर ६९औं मिनेटमा मारियो बालोटेलीले सिजनको पहिलो लिग गोल गरेपछि टोलीले अग्रता लियो। त्यसको तीन मिनेटपछि इङ्ल्यान्ड मिडफिल्डर जेम्स मिल्नरले कडा सर्टमा गोल गर्दै सिटीको जित पक्का गरे। 
'उनीहरूले निकै राम्रो खेल्छन्, त्यसैले विगानविरुद्ध सधैँ प्रतिस्पर्धात्मक खेल हुने गर्छ। उपाधि रक्षाको अभियानमा यो जित हाम्रा लागि निकै महत्वपूर्ण छ,' सिटीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, 'मेरो विचारमा बालोटेलीले अझै राम्रो गर्न सक्छन्। उनले आज एउटा महŒवपूर्ण गोल गरे, जसलाई उनले निरन्तरता दिनेछन्। उनी योभन्दा धेरै क्षमताका खेलाडी हुन्।'
युरोपेली च्याम्पियन चेल्सी अन्तिरिम प्रशिक्षक राफेल बेनिटेजको नेतृत्वमा लगातार दोस्रो घरेलु खेलमा गोलरहित बारबरीमा रोकिने क्रममा फुलह्यामसँग अंक बाँड्न बाध्य भयो। हारपछि चेल्सी तेस्रो स्थानमा उक्लिए पनि शीर्ष टोली युनाइटेडभन्दा ७ अंकले पछि छ। 'म अलि निराश छु। टोली संगठित देखिएको छ र हामीले मेहनती प्रतिद्वन्द्वीविरुद्ध अवसर पनि सिर्जना गरेका छौं। यसले हामी सुधार गरिरहेको संकेत गरेको छ, तर यो पर्याप्त भएन,' चेल्सीका प्रशिक्षक बेनिटेजले भने। 
भान पर्सीजस्तै उनकै पूर्वटोली आर्सनलका टिम सहयात्री थियो वाल्कोटले छिटो गोल गर्ने क्रममा ५२ सेकेन्डमा टोलीलाई अग्रता दिलाए। तर एभर्टनविरुद्ध विपक्षी टोलीका मारोउने फेलाइनीले २८औं मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले १-१ को बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो। बराबरीपछि शीर्ष स्थानसँगको दुरी १२ अंकमा बढाएको आर्सनलको २००५ पछि मुख्य उपाधि जित्ने अभियानमा धक्का लागेको छ। 
टोटेनह्याम घरेलु मैदानमा लिभरपुलमाथि २-१ को जित दर्ता गराउँदै पाँचौं स्थानमा उक्लिएको छ। ह्वाइट हार्ट लेनमा आरोन लेननले सातांै मिनेटमा गोल गरेपछि अग्रता दिएको टोटेनह्यामका लागि ९ मिनेटपछि गारेथ बेलले अर्को गोल गरे। बेलले नै १८ मिनेट बाँकीमा आत्मघाती गोल गरेपछि टोलीको जित साँघुरियो। 
अन्य खेलमा साउथह्याम्पटन र नर्विचले १-१ को बराबरी नतिजा निकाले भने स्टोकले न्युक्यासललाई २-१ र स्वान्सीले न्युक्यासललाई ३-१ को नतिजामा हराए।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!