Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

‘बेश्या’ बन्न प्रियंका ठमेलतिर

Published on Monday, November 19, 2012 7:28 PM //


नायिका प्रियंका कार्कीलाई केही दिन यता ठमेलका डान्स बारमा भेट्न थालिएको छ । सिनेमा क्षेत्रमा उदाउँदै गरेकी प्रियंका हिजो हाज ठमेलका डान्स बारमा रमाउन थालेकी छिन् । डान्स बारमा काम गर्ने युवतीसँग प्रियंकाको संगत हुन थालेको छ । उनी डान्स बारमा काम गर्ने युवतीको बोली बोल्न थालेकी छिन् । ठमेलतिर भौंतारिनु उनको रहर नभएर बाध्यता हो । एउटा चलचित्रमा अभिनय गर्न उनले ठमेलको दैनिकी बुझ्न लागेकी हुन् ।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘झोले’ मा प्रियंका एक बेश्याको भूमिकामा देखिँदैछिन् । आफ्नो भूमिकालाई न्याय गर्नका लागि उनले डान्स बार र रेष्टुरेन्टमा बोलिने बोली सिक्न थालेकी हुन् । चलचित्रको पर्दामा प्रियंकालाई यथार्थ भूमिकामा ढाल्नका लागि ठमेलका डान्सबारमा पठाइएको निर्देशक खनालले बताए । उनले चलचित्रमा उत्तेजक दृश्य जबर्जस्ती थोपर्ने पक्षमा आफू नरहेको पनि बताए । हास्य रुपमा बनाउन लागिएको यो सिनेमालाई टेकेन खड्का र मनोज भट्टले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन मंसिर १२ गतेबाट सुरु गरिनेछ ।
चलचित्रले द्वन्द्वकालमा पीडा भोग्न वाध्य एक युवती कसरी बेश्या बन्न वाध्य हुन्छे भन्ने कथालाई सुक्ष्म रुपमा उठान गर्ने निर्देशक खनालले बताए । चलचित्रमा सुवास थापा, ए गुरुङ, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रको नामले के भन्न खोजेको हो भन्ने अनलाइनखबरको प्रश्नमा दिपेन्द्रले भने -’देश नै झोले अवस्थामा रहेकाले चलचित्रले पनि सोही कुरा देखाउँछ ।’

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!