Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

के जित्थे शाहरुखले सलमानलाई !

Published on Monday, November 19, 2012 8:28 PM //


दिपावलीको अबसर पारेर रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ले सलमानका सबै रेकर्ड तोड्ने हल्ला गरिए पनि त्यस्तो संकेत देखिएको छैन ।
यसलाई पुष्टी गर्ने बलियो आधार ‘जब तक है जान’ले ओपनिङमा सलमानका फिल्मले जति ब्यापार गर्न नसक्नु हो । निकै तामझामकासाथ दिपावलीको अबसरमा रिलिज गर्दा पनि सलमानका पछिल्ला फिल्मले जति शाहरुखको फिल्मले ब्यापार गर्न सकेन ।



भारतीय संचारमाध्यमका अनुसार पहिलो दिन जब तक है जानले १५.२३ करोड कमाएको छ भने सन अफ सरदारले १०.७२ करोड भारु कलेक्सन गरेको छ । दुबै फिल्म १०० करोड क्लबमा समेल हुने अनुमान गरिएको छ ।
सलमानको हालै रिलिज भएको ‘एक था टाइगर’ ६ दिनमा नै १०० करोड क्लबमा सामेल भएको थियो । यो फिल्मको पहिलो दिनको कमाई नै ३२.९२ करोड थियो, जून अहिलेसम्मकै सबैभन्दा बढी हो । त्यसअघिको बडीगार्ड ८ दिनमा १०० करोड क्लबमा सामेल भएको थियो भने दबंगलाई १० दिन लागेको थियो ।
यस्तै अजय देवगनको ‘सन अफ सरदार’ले पनि बक्स अफिसमा धुम मचाइरहेको छ । कटरिनाको साथमा रहेका शाहरुख अजयमाथि हावी देखिएका छन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!