Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

आगोले करोडौंको क्षति

Published on Wednesday, November 14, 2012 8:59 PM //


विराटनगर, कार्तिक २९ - सुनसरीको धरानमा मंगलबार राति भएको आगलागीमा करोडौंको क्षति भएको छ । धरान ५ स्थित दिनेश अग्रवालको घरमा रहेको दिनेश इम्पोरियममा आगो लागेको हो । मध्यरातिदेखि आगो सुरु भए पनि त्यसको एक दुई घन्टापछि मात्र थाहा भएर सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरेका थिए ।
धरान, विराटनगर र इटहरीका दमकल प्रयोग गरी बुधबार बिहान मात्र आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सुनचाँदीका गहना, नगद, पसलमा रहेका ठूलो परिमाणमा रेडिमेड र थान कपडा तथा घरका सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार करिब ५ करोड रुपैयाँको क्षति भएको छ । आगो कसरी सुरु भयो भन्ने यकिन नभएपछि पटका पड्काउने क्रममा आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!