Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बैंक अफ काठमाण्डौको लुटपाट क्यासियरकै योजनामा

Published on: Tuesday, December 25, 2012 //
२५ लाख दिएर काठमाण्डौबाट लुटेरा
१० मंसिर, दाङ । चार दिनअघि दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौको शाखामा भएको लुटपाटका प्रमुख योजनाकार सोही बैंकका क्यासियर रहेको खुलेको छ । पटक-पटक बैंकको रकम हिनामिना गरिसकेका क्यासियर खगेन्द्र बस्नेतले हिसाब मिलान गर्न अप्ठारो भएपछि काठमाण्डौंबाट लुटेरा बोलाएर लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीन जनाको समूहमा आएका लुटेराहरुले बैंकवाट शुक्रवार साँझ बैंकको शाखावाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ लुटेका  थिए ।

आउँदो शुक्रबार विश्‍व ध्वस्त हुने प्रचार गर्दै हिडेका सयजना पक्राउ

Published on: Tuesday, December 18, 2012 //
बेइजिङ, पुस ३ (एपी) - आउँदो शुक्रबार विश्‍व ध्वस्त हुँदैछ भन्ने हल्ला फिजाउने सयभन्दा बढी मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ। समातिनेमा क्रिश्‍चियन धर्म प्रचारकहरुसमेत रहेको यहाँमा मिडियाले जनाएका छन्।

रागिनी एमएमएस २ को तयारीमा सन्नी लिओन जुटिन

Published on: //
मुम्बई, पुस ३ (एजेन्सी) - पुजा भट्टको जिस्म २ बाट बलिउड डेब्यु गरेकी इन्डो - क्यानेडियन पोर्नस्टार सन्नी लिओन एकता कपुरको सेक्स-हरर फिल्म रागिनी एमएमएस २ को तयारीमा जुटेकी छिन्। २०११ मा आएको सस्तो बजेटको फिल्म रागिनी एमएमएस सुपरहिट भएको थियो। निला चलचित्रमा अभिनय गर्दै आएका सन्नी लिओनको यो दोस्रो बलिउड फिल्म हुनेछ। 'यसको तयारी सुरु भएको छ जसले मलाई एक्साइटेड बनाइरहेको छ,' सन्नीले ट्विट गर्दै भनेकी छिन्, 'मलाई विश्‍वास छ मैल अर्को ठूलो व्यानरको फिल्ममा काम गर्न पाउनेछु।'

बैंकमा खाता खोल्न अन्तवार्ता दिनुपर्ने !

Published on: //
३ पुस, काठमाण्डौं । राष्ट्र बैंकले ग्राहकको पूर्ण पहिचानसहित परिवारका सबै सदस्यहरुको नागरिकतालगायत कागजात पेस गर्नुपर्ने व्यवस्था गरेपछि बैंक खाता खोल्न झन्झटिलो भएको छ ।
राष्ट्र बैंकले एक साताअघि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने भन्दै खाता खोल्ने प्रक्रियालाई झन्झटिलो बनाएको हो ।

साउदीबाट फर्कीएकी युवतीमाथि अध्यागमन कर्मचारीद्वारा यौन शोषण र लुटपाट

Published on: //
३ पुस, काठमाण्डौ । कानुन कार्यन्वयन गराउन त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फर्किएकी एक महिला कामदारमाथि यौन शोषण गर्नुका साथै दुई बर्षसम्म दुःखजिलो गरेर कमाएको रकम पनि लुटेका छन् ।
 
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!