Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सलमानकी नयाँ प्रेमिका लुलिया

Published on Friday, May 24, 2013 5:20 PM //

म्बई– भारतीय सञ्चारमाध्यमहरुमा अचानक सलमान खानले बिहे गर्न लागेको समाचार फैलिएको छ। समाचार अनुसार अहिले आफ्नो होम प्रोडक्सनको फिल्म सुटिङका लागि गोवामा रहेका सलमान धेरैजसो समय प्रेमिका लुलिया भेन्टुरसँगै देखिने गर्छन्। लुलिया रोमानियाकी टिभी एंकर हुन्।
सलमानकी नयाँ प्रेमिका लुलिया! (तस्बिरहरुसहित)गोवामा सलमान र लुलिया सँगै छन् र दुवै आफ्ना सम्बन्धबारे गम्भीर भएको स्रोतले दाबी गरेको छ। 'सलमान आफ्नो नयाँ प्रेमिकाबारे निकै सिरियस छन् र लुलिया सलमानको जीवनमा दुई वर्षदेखि निरन्तर छिन्, तर यो कुराको सुइँको कसैलाई पनि थिएन,' एक स्रोतले भने, 'हिजोआज भने आफ्नो नयाँ सम्बन्धका बारेमा सलमान अलि खुल्न थालेका छन् र उनी मौन रहे पनि लुलियासँगै उनको बिहे हुने सम्भावना बढेको छ।' एक विदेश भ्रमणमा जाँदा सलमान र लुलियाको चिनाजान भएको थियो।

मिडियामा छाएको यो समाचारलाई सलमानका बुबा सलिमले भने अस्वीकार गरेका छन्। सलमान अहिले नै बिहे गर्ने पक्षमा नरहेको सलिम प्रष्ट पार्छन्, 'खास केही होइन, त्यस्तो तयारी केही छैन, हल्लामात्रै हो।'
सलमान र लुलियाको सम्बन्धबारे सोधिएको प्रश्नमा सलिमले भने, 'काम र यात्राको सिलसिलामा सलमानको भेट हजारौं मान्छेसँग हुन्छ, जसको बारेमा चर्चा छ, ऊ सलमानको साथीमात्र हो, त्यस्तो गम्भीर कुरा केही होइन।'

सलिमले जे भने पनि सलमानलाई सहरभन्दा बाहिरका पाँचतारे होटलमा लुलियासँग धेरैपटक भेटिएको चर्चा छ। विगतमा संगीता बिजलानी, सोमी अलि, ऐश्वर्या राय र क्याट्रिना कैफसँग पिरती गाँसिसकेका सलमानले भर्खरै आफ्ना विगतका सम्बन्धहरु टुट्नुमा आफ्नै कारण रहेको स्विकारेका थिए

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!