Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

रणविर छोडेर रणविरसँग दीपिका

Published on Tuesday, February 19, 2013 7:05 PM //


बलिउड नायिका दीपिका पादुकोण चलचित्रको अभिनय भन्दा पनि सम्वन्धका कारण चर्चामा आइरहन्छिन् । कहिले नायक रणविर कपुरसँगको सम्बन्धका कारण चर्चामा आउने दीपिका कहिले नायिका अनुष्का शर्मासँगको टकरावका कारण चर्चामा आइहरन्छिन् ।यसैक्रममा नायक रणविर कपुरसँगको सम्वन्धलाई विश्राम लगाएकी दीपिकाको नाम अहिले अर्का रणविर नामका नायकसँग जोडिएको छ । उनी अहिले नायक रणविर सिंहसँगको सम्वन्धमा रहेको बताइएको छ ।
हालैमात्र एक पार्टिमा नायक सिंहले नायिका पादुकोणलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । दीपिकालाई सार्वजनिक स्थलमा खुलेयाम रणविरले चुम्बन गरेपछि यि दुइको सम्वन्धका बारेमा अझ चर्चा बढेको हो ।
दीपिका र रणविरले अभिनय गरेको चलचित्र ‘रामलिला’ यसैबर्ष प्रदर्शनमा आउने तयारीमा छ । बलिउड नायकसँग सम्बन्ध राख्न माहिर मानिएका दीपिका र रणविरको प्रेम चर्चा कहिलेसम्म चल्ने हो त्यो भने हेर्न बाँकी छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!