Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

५८ औं फिल्मफेयरमा बर्फीलाई ७ अवार्ड, विद्या वालन उत्कृट हिरोइन

Published on Monday, January 21, 2013 1:10 PM //


मुम्बई, माघ ८ (एजेन्सी) – भारतमा फिल्म निर्माणको शतक पूरा भएकै समयमा आयोजित ५८ औं फिल्म फेयरमा वर्फीले सात महत्त्व उपाधी हासिल गरेको छ। यशराज फिल्म स्टुडियोमा आइतबार राति भएको समारोहमा रणवीर कपुरले वर्फीबाट उत्कृष्ट अभिनेता बने। वर्फीमा कपुरले बोल्न तथा सुन्न नसक्ने युवाको भूमिका निर्वाह गरेका थिए।
फिल्म कहानीबाट विद्या वालनले उत्कृष्ट अभिनेतृको उपाधी पाइन्। यो उनको चौथो फिल्म फेयर अवार्ड हो। भर्खरै बिहे गरेकी विद्या पति सिद्धार्थ राय कपुरसँगै समारोहमा उपस्थित थिइन्। कार्यक्रममा सहभागी हुन रेड कार्पेटमा प्रवेश गर्दा उनले फिल्म फेयर जित्नेस सम्भावना स्विकारेकी थिइन् तर वर्फीकी हिरोइन प्रियङ्का चोपडाले उछिन्न सक्ने उनको भनाई थियो। वर्फीलाई वेस्ट फिल्मको अवार्ड मिल्यो। फिल्म काहनीका सुजोग घोष वेस्ट डाइरेक्टर घोषित भए।


समीक्षकहरुका तर्फबाट फिल्म पान सिंह तोमरका हिरो इरफान खानलाई उत्कृष्ट अभिनेताको अवार्ड मिल्यो।

यो वर्ष लाइफ टाइम एचिभमेन्च अवार्ड यशराज चोपडलाई मरणोपरान्त दिइएको छ।

वेस्ट गीत लेखनका लागि गुल्जारलाई अवार्ड मिल्यो। प्रितमका लागि यो साँझ विशेष महत्त्वको रह्यो। उनले वर्फीका लागि दुई अवार्ड हात पारे। एउटा संगीत र अर्को व्याकग्राउन्ड स्कोर। प्रोडक्सन डिजाइनका लागि रजत पोदारले फिल्मफेयर पाए।

बेस्ट प्लेव्याक फिमेलतर्फ सालमाली खोलगेडले हात पारिन् भने पुरुषतर्फ आयुश्मा न खुरानाले यो उपाधी हात पारे।
शाहरुख खान र सैफअलि खानले कार्यक्रम चलाएका थिए।


भारतमा दादासाहेव पालेखीले सन् १९१३ मा राजा हरिष्चन्द्र फिल्म बनाएका थिए। यहीबाट भारतीय फिल्मको सुरुवात हुन्छ। यो वर्ष फिल्म निर्माणले १०० वर्ष पूरा गरेको छ।

फिल्म फेयर अवार्ड समारोह सोनी टेलिभिजनले छिट्टै प्रसारण गर्नेछ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!