फिलिपिन्समा आँधीले झण्डै दुई सयको मृत्यु
Published on Thursday, December 6, 2012
8:30 AM //
news
२० मंसिर, काठमाडौं । फिलिपिन्समा ‘बोफा’ नामको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या झण्डै दुई सय पुगेको छ ।
मिन्डानाओ टापुमा मंगलबार बिहान आएको बोफा नामक समुद्री आँधीको प्रभाव क्षेत्र ठूलो रहेकाले हताहतीको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
आँधीका कारण कम्पोस्टेला भ्याली प्रान्तमा मात्र कम्तीमा १ सय ५६ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । आँधी पश्चिमी पालावान टापु हुँदै अघि बढेपछि त्यहाँका नागरिकलाई सुरक्षीत ठाउँमा सारीएको छ । आँधीबाट मिन्डानाओ टापुको पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र नजिकको डाभाओ प्रान्तमा मात्रै ५० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीपछिको बाढी पहिरोका कारण रुख ढल्नुका साथै पुल भत्किएपछि अधिकांश नगरका सडक अवरुद्ध भएका छन् ।
आँधीमा परि ९ जना सैनिक हराईरहेका छन् ।सरकारी अधिकारीहरुका अनुसार सम्भावित क्षति रोक्न स्कुल र व्यापारीक प्रतिष्ठानहरु बन्द गरिएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ ।
गतवर्ष पनि फिलिपिन्समा १९ वटा भीषण आँधी आएको र यसबाट एक हजार ५०० व्यक्तिले ज्यान गुमाएका थिए ।
0 comments