Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

निकै हँसाउँथे नारायणगोपाल, उस्तै मूडी पनि

Published on Tuesday, December 4, 2012 5:53 PM //

ए कान्छा ठट्टैमा यो बैंश जानै लाग्यो……….’, ‘एउटा फूल देउरालीमा…….’, ‘जून फूल मैले टिपेको थिएँ……’, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा……….’ । मंगलबार दिनभर रेडियो, टेलिभिजनमा यस्तै गीत घन्किरहेका छन् । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरुले पनि उद्गार र भावना साटासाट गरिरहेेका छन् ।
स्वरसम्राट नारायणगोपालको स्मृति दिवसका अवसरमा उहाँको गीत र व्यक्तित्वबारे धेरैले चर्चा गरेका हुन् । स्वर सम्राटलाई सबैले राम्रो र मीठो गाउने एक उत्कृष्ट गायकका रुपमा व्याख्या गरेका छन् । हरेक मंसिर १९ मा उनको यसैगरी चर्चा, सम्मान र सम्झना हुने गर्छ ।

वि.सं. १९९६ असोज १८ मा जन्मेका नारायणगोपालको २०४७ मंसिर १९ गते निधन भएको हो । उहाँको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । उनलाई सबैभन्दा सफल तथा ख्यातीप्राप्त नेपाली आधुनिक गायक हुन् । त्यसैले उनलाई नेपालको स्वर सम्राट पनि भनिन्छ ।
नारायणगोपालले झण्डै ५ सय वटा नेपाली गीत ग्ााएका छन् । उनका गीतहरु नेपाली चलचित्र तथा नाटकहरुमा पनि समावेश छन् । नारायणगोपालले पहिलोपटक त्रिचन्द्र कलेजको वाषिर्कोत्सवमा तबला वादकका रुपमा प्रस्तुत भएका थिए । त्यहाँबाट उनलाई सबैले चिन्न थाले । छिमेकी माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानले नारायणगोपाललाई गायन क्षेत्रमा लाग्न प्रेरित गरेका थिए । त्यसपछि नारायण गोपालले नयाँ भाका र संगीत खोज्न थाले । एकाएक उनको चर्चा हुन थाल्यो ।
शुरुमा नारायणगोपालले गीतकार रत्नशमशेर थापाको संकलनमा चारवटा एकल गीत गाए । स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल ……..भन्ने भाकाका गीत भारतमा रेकर्डिङ भयो । अनि रेडियोमा उनका गीत घन्किन थाले ।
हँसाउने तर, उस्तै मूडी

नारायणगोपालले पीर, बेदना र वियोगका गीत धेरै गाएका छन् । यो गीत सुन्दा उनी यस्तै भावुक थिए भनेजस्तो लाग्छ । ‘तर वास्तवमा नारायणगोपाल निकै हाँसीमजाक गर्ने मान्छे थिए’ उनका साथी डा. विश्वम्भर प्याकुरेलले भन्नुभयो-’अस्पतामा रगत दिने बेलामा समेत उनी हँसाउँथे ।’ मिर्गौलाका बिरामी नारायणगोपाललाई डायलाइसिसको लागि बेलाबेला अस्पताल लैजानुपथ्र्यो । त्योबेला पनि एक एकथोक भनेर हँसाइरहन्थे । ‘मैले त राजा बीरेन्द्रलाई तिम्रो पनि काम छैन, म पनि रोगी भएकाले काम छैन, आउ सँगै बसेर तास खेलौं भनेर बोलाएँ नि भनेर समेत भन्थे उनी’ प्याकुरेलले थप्नुभयो-’केही न केही भनेर उनी हँसाइरहन्थे ।’ अरुको हाउभाउलाई दुरुस्तै नक्कल गर्न सक्ने खुबी भएको हुनाले उनलाई क्यारिकेचर प्रस्तुतिमा पनि सहभागी गराइन्थ्यो ।
गाउन र हँसाउन खप्पिस नारायणगोपाल उस्तै मूडी स्वभावका थिए । आफूले नचिनेको मान्छेसँग पटक्कै बोल्दैन थिए । ‘सँगै हिँड्दा मेरो कोही साथी भेट भयो र परिचय गराएँ भने पनि उनी चुप लागेर बस्थे’ प्याकुरेलले भन्नुभयो-’पछि किन नबोलेको भन्दा तिम्रो पो साथी मेरो को हो र बोल्ने भनेर जवाफ दिन्थे ।’
यसबाहेक नारायणगोपाललाई धेरै कुराको ज्ञान थियो । नेपालको समग्र इतिहास र घटनाक्रमदेखि विश्वका धेरै कुरा उनलाई थाहा थियो । ‘मिठास स्वर भएका गायक त हुँदै हुन्, उनी सर्वगुण सम्पन्न प्रतिभाशाली व्यक्तित्व पनि थिए’ प्याकुरेलले भन्नुभयो ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!