Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

माओवादीका पूर्व कार्यकर्ता सिम्खडाको हत्या

Published on Tuesday, December 4, 2012 4:44 PM //


धादिङ,मंसिर १९ । धादिङको दार्खामा एकीकृत नेकपा माओवादीका पूर्व कार्यकर्ता भीषण सिम्खडाको हत्या भएको छ । जिल्ला सदस्य विजय तामाङको हत्या भएको १२ घण्टा नवित्दै यो घटना भएको हो । केही समयअघि माओवादीबाट अलग्गिएका ३० बर्षिय सिंखडालाई अज्ञात समुहले सोमबार साँझ घरबाटै अपहरण गरी राती १२ वजेतिर दार्खा गाविसको रातमाटेमा हत्या गरेका आफन्तले वताएका छन् । हात खुट्टा बाँधेर हत्य गरिएको अवस्थामा सिम्खडाको शव अवस्थामा फेला परेको हो । उनको शव सदरमुकाम धादिङबेसीवाट ११ कोष टाढा रहेको छ । 

एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको सोमवार विहान जिल्लाकै गुम्दी गाविसको सातदोवाटेमा गोली हानी हत्या भएको थियो । तामाङ बुधबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रमको प्रचार प्रसारमा खटिएका थिए । तामाङको हत्यामा संलग्न भएको आंशकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि भएको सिम्खडाको हत्याबाट गुम्दी र दार्खा गाविसका स्थिानिय वासिन्दा त्रसित भएका छन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!