Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

वर्षभरि रोमान्स गरेका बलिउडका १० जोडी (फोटो फिचरसहित)

Published on Saturday, December 1, 2012 6:31 PM //


बलिउडका नायक तथा नायिकाको रोमान्सका खबरले सन् २०१२ लाई निक्कै ततायो । पर्दा बाहिर रोमान्स गर्ने नायक नायिकाको खबर त संचारमाध्यमका हरेक दिनका समाचार बनेकै हुन् । तर, यो बर्ष पर्दाभित्र रोमान्स गर्ने केही जोडीको उदय भयो, जसले बलिउडमा बर्षभरि नै चर्चा पाइरहे ।
यो बर्ष बलिउडमा सर्वाधिक चर्चित जोडीका रुपमा साहरुख खान र कटि्रना कैफलाई हेरियो । चलचित्र जब तक हे जानमा पर्दामा रोमान्स गरेका यी दुई संचारमाध्यमदेखि आम दर्शकमाझ निक्कै हट जोडीका रुपमा दरिए । साहरुख र कटि्रनाले चलचित्रको पर्दामा गरेको लिप्स किसले दर्शकलाई आश्चर्यचकित बनायो । सिनेमाभित्र चुम्बनको दृश्य नदिने नायक साहरुख खानको बाचा नायिका कटि्रना कैफसम्म आइपुग्दा तोडिएको छ । यसैले पनि यो बर्ष साहरुख र कटि्रना सर्वाधिक चर्चित जोडीको रुपमा रहन पुगे ।
यस्तै पर्दाबाहिर लामो समय रोमान्स गरेर छुट्टएिका सलमान खान र कटि्रना कैफको जोडी पनि यो बर्ष पर्दाभित्र पनि सफल रह्यो । एक था टाइगर चलचित्रमा यी दुईको रोमान्सलाई दर्शकले खुबै रुचाए । सलमान र कटि्रनाको जोडीले यो बर्ष सर्वाधिक व्यापार गर्ने सिनेमाको इतिहास पनि रच्यो ।
प्रदर्शनको क्रममा रहेको चलचित्र खिलाडी ७८६ पनि अहिले चर्चामा छ । यही सिनेमाबाट बलिउडमा अक्ष कुमार र असिनको जोडी उदाउँदैछ । यी दुईको जोडीलाई पनि यस बर्षको सफल र हट जोडीका रुपमा हेरिएको छ ।
यस्तै, चलचित्र सन अफ सरदारबाट उदाएका अजय देवगन र सोनाक्षी सिन्हाको रोमान्सले यो बर्ष राम्रै चर्चा पायो ।
सन् २०१२ मा ऋतिक रोशन र पि्रयंका चोपडा चलचित्र अग्निपथमार्फत उदाए । यो सिनेमाले बक्स अफिसमा राम्रो कलेक्शन मात्र गरेन, ऋतिक र पि्रयंकाको जोडीलाई पनि सफल बनायो ।
बलिउडका एक्सन नायक अक्ष कुमार र सोनाक्षी सिंहाको जोडी चलचित्र राउडी राडोर मार्फत चम्कियो । दर्शकले यी दुई जोडीलाई पर्दामा खुबै रुचाए ।
चलचित्र इश्कियाजादे मार्फत उदाएका नव नायक अर्जुन कपुर र परिनिती चोपडा यो बर्षको सफल जोडीमध्येका एक हुन् ।
यस्तै चलचित्र ककटेल मार्फत पहिलो पटकसगै देखिएका सैफअली खान र दिपिका पादुकोणको जोडी हिट रह्यो ।
करण जोहरको स्टुडेन्ट अफ द इयरमार्फत यो बर्ष बलिउडमा ३ नव कलाकार भित्रिए । महेश भट्टकी छोरी आलिया भट्ट, डेभिड धमनका छोरा बरुण धमन र सिद्धार्थ मलहोत्राको जोडी पनि निक्कै चर्चित रह्यो ।
डिसेम्बर २१ मा प्रदर्शनमा आउन लागेको चलचित्र दबंग २ मा सोनाक्षी सिन्हा र सलमान खान पुन एकपटक पर्दामा देखिँदैछन् । दबंग चलचित्रमा खुबै रुचाइएका यी दुईलाई चलचित्रको प्रदर्शन अगावै सफल जोडीका रुपमा हेरिएको छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!