Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

हलिउडलाई बाईबाई गर्दै एन्जेलिना जोली

Published on Monday, December 3, 2012 10:19 PM //


हलिउडकी सुपरस्टार एन्जेलिना जोलीले आफ्नो फिल्मी करिअरमा पूर्णविराम लगाउने भएकी छिन् । आफ्ना ६ बच्चासँग समय बिताउनका लागि उनले अभिनय छाड्ने निर्णय गरेको बताइएको छ ।
यो खबर जोलीका फ्यानका लागि अवश्य पनि दुखको कुरा हो । तर परिवारको मायाले उनलाई यस्तो कठोर निर्णय गर्न बाध्य बनाएको हो । ३७ वर्षकी जोलीले प्रेमी ब्राड पिट सँगै आफ्ना ६ जना बच्चा हुर्काइरहेकी छिन् ।
एक वेब पोर्टललाई दिएको अन्तरवार्तामा उनले भनेकी छिन्, ‘अब मेरा बच्चा किशोरावस्थामा पाइला टेक्दै छन् । त्यसैले मैले हलिउड र एक्टिङलाई अलविदा गरेर बच्चाहरुकै परिवेशमा बढि ध्यान दिनु आवश्यक छ ।’

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!