Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सलमानसँग बिहे गर्ने रानीको इच्छा

Published on Monday, December 3, 2012 9:17 PM //


बलिउडमा बिहेको सिजन चलिरहेको छ । समाचार अनुसार अब छिटै अभिनेत्री रानी मुखर्जीले आदित्य चोपडासँग घरजम गर्दैछिन् । तर यहीँ बीचमा रानीले एक अनौठो इच्छा जाहेर गरेर सबैलाई छक्क पारेकी छिन् । रानी मुखर्जीले आफुलाई अभिनेता सलमान खानसँग बिहे गर्ने मन रहेको बताएकी छिन् ।
हालै जुम टेलिभिजनलाई दिएको अन्तरवार्तामा रानीले यस्तो बताएकी हुन् । भलै उनले यो कुरा ठट्टा गरेर भनिन् तरपनि यसरी प्वाक्क मुख फोर्नुको भित्री आसय रानीले साँच्चीकै सलमानलाई आफ्नो बनाउन चाहन्छिन् भन्ने रहेको कतिपयको तर्क छ ।

पछिल्लो समय आफु जस्तै सलमान खानको पनि मिडियामा बिहेको चर्चा चलिरहेको प्रसँग कोट्याउँदै रानीले आफ्नो र सलमानको बिहे भएमा सबैको मुख बन्द हुने रानीको भनाइ छ । उनले सलमान सँग भेट भएका बेला आफुले बिहेको प्रस्ताव गर्ने पनि खुलासा गरिन् । उनले सलमान खान सबैभन्दा सक्षम पुरुष रहेको पनि बताइन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!