Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

एसियाकै सेक्सी महिलाको उपाधिका लागि कट्रिना र करिनालाई जितिन् प्रियङ्काले

Published on Friday, December 7, 2012 8:51 PM //



मुम्बई, मंसिर २२ (एजेन्सी) - बेलायतको इर्स्टन आई पत्रिकाले गरेको एसियाका सबैभन्दा सेक्सी महिलाको सूचिमा शीर्ष स्थान भारतीय हिरोइन प्रियङ्का चोपडाले पाएकी छिन्। उनले दोस्रो स्थानमा रहेकी करिना कपूर र तेस्रो स्थानमा रहेकी कट्रिना कैफलाई पछि पारेकी हुन्। करिना अघिल्लो वर्ष शीर्ष स्थानमा थिइन् भने कट्रिना तीन पटक शीर्ष स्थानमा रहेकी थिइन्।बेलायती पत्रिका भए पनि सूचिका लागि विश्वका विभिन्न महादेशबाट यसअघिभन्दा धेरै भोट भएको इर्स्टन आईले जनाएको छ। 

यस पटकको सूचिमा हिन्दी टेलिभिजन सिरियलका अभिनेत्रीहरुले पनि धेरै स्थानमा कब्जा जमाएका छन्। त्यसलाई पत्रिकाले 'अचम्मको' भनेको छ। टप टेनमा नै दुई सिरियलका अभिनेत्री परेका छन् - एक हजारोँमे मेरी बहना हैकी निया शर्मा पाँचौँ नम्बरमा र क्रिस्टिल डिसूजा नवौँ नम्बरमा। 

पूर्व विश्वसुन्दरी ऐश्वर्या राय बच्चन १६ नम्बरमा छिन् भने पोर्न स्टार सन्नी लियोन २० औँ नम्बरमा। चौथो नम्बरमा दीपिका पादुकोन, छैटौँमा विपाशा बसु, सातौँमा अनिल कपुरकी छोरी सोनम कपूर र आठौँमा फ्रेडा पिन्टो छिन्। शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा १७ औँ नम्बरमा छिन् भने अनुश्का शर्मा १४ औँ नम्बरमा छिन्।

करिना कपूर: नम्बर २ 


कट्रिना कैफ नम्बर ३


दीपिका पाडुकोण नम्बर ४


निया शर्माः नम्बर ५ 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!