मेस्सी घाइते, तोड्लान त सर्वाधिक गोलको कीर्तिमान ?
Published on Thursday, December 6, 2012
2:28 PM //
Sports
२१ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग
फुटबलमा बेन्फिकाविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी
घाइते भएका छन् । यससँगै उनले एकै क्यालेण्डर वर्षमा सर्वाधिक गोलको
कीर्तिमान तोड्ने धेरैको अपेक्षामा शंका उब्जिएको छ ।
बल अघि बढाउने क्रममा बेन्फिकाका रक्षकसँग
जुध्न पुगेका मेस्सीको देब्रे घुडामा चोट लागेको छ । चेटपछि उनी ८४ औं
मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी दोस्रो हापमा बैकल्पिक खेलाडीका
रुपमा मैदान प्रवेश गरेका थिए ।
चेटपछि मेस्सी आइतबार ला लिगामा रियल
बाटिसविरुद्धको खेलमा मैदान उत्रनेमा आशंका छ । बार्सिलोनाले मेस्सी खेल्ने
नखेल्ने उनको स्वास्थ्यमा आउने सुधारमा भर पर्ने बताएको छ ।
यस वर्ष अब बार्सिलोनाले ४ खेल खेल्न
बाँकी छ । ला लिगामा रियल बाटिसँगै एथ्लेटिको मड्रिड र रायो भलकानोसँग र
कोपा डेल रे कपमा कोर्डोवासँग खेल्न बाँकी छ ।
0 comments