Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पुष्पालाई सरकारको पनि सम्मान

Published on Thursday, December 13, 2012 7:20 PM //

काठमाडौं, मङ्सिर २८- सिएनएन हिरो पुष्पा बस्नेतलाई सरकारले सम्मान गरेको छ। कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफल बस्नेतलाई सरकारले पनि सम्मान गरेको हो।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा सो मन्त्रालयका मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन्। सो अवसरमा सम्मानित व्यक्तित्व बस्नेतले आफू 'सिएनएन हिरो एवार्ड-२०१२' बाट सम्मानित हुन पाउँदा खुसी लागेको र काँधमा जिम्मेवारी थपिएको महसुस भएको विचार व्यक्त गरे। उनले आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने प्रतिबद्धता पनि व्यक्त गरे।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपानेले निःस्वार्थ भावले समाजसेवामा पुर्‍याउनुभएको योगदानको कदर स्वरुप सिएनएन हिरो एवार्ड-२०१२ बाट सम्मानित पुष्पा विश्वकै हिरो बनेको चर्चा गरे।
मन्त्री न्यौपानेले उनको सम्मान राष्ट्रकै सम्मान भएको र यसबाट सम्पूर्ण राष्ट्र गौरवान्वित भएको चर्चा गर्दै मन्त्रालय उहाँसँग सहकार्य गर्न तथा सहयोग दिन प्रतिबद्ध रहेको बताए। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले व्यक्तिगत प्रयासबाट सिएनएन हिरो एवार्ड-२०१२ बाट सम्मानित हुनुभएकी बस्नेतले मुलुक तथा सरकारको गौरव बढाउनुभएको बताए।

सो अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष शेषचाँद तारा र न्याय परिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपानेले पनि सो उपाधि हासिल गर्न सफल भएकोमा उनलाई शुभकामना दिएका थिए। रासस

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!