नायिका दिपशिखा खड्का
Published on Thursday, December 13, 2012
8:26 PM //
Entertainment
काठमाडौंको थलि गाविसकी स्थायी वासिन्दा दिपशिखाले द नेपाली टाइम्स अष्टेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईसंग गरेको हट टकः सेक्सी फोटो सार्वजनिक भएपछि टक अफ द टाउन बन्नु भएको छ नि ? हा हा हा...मेरो फोटो मात्र सेक्सी हो, म मान्छे त सामान्य नै छु । फोटोसेसनमाका लागि पनि अभिनय गर्नु पर्छ, मैले गरेको त्यही अभिनय दर्शकलाई मन परेको मात्र हो । फोटोसेसनमा पनि अंग प्रदर्शन गर्नु पर्ने कस्तो बाध्यता ? त्यो बाध्यता होइन, केही नयां गरौं भन्ने उदेश्यले पारदर्शी टिसर्ट लगाएर फोटो खिचिएको हो । पारदर्शी पहिरन लगाएपछि अलिअलि देखिनु त सामान्य नै हो नि । तर तपाईंले त आफ्ना वक्षस्थल छर्लंग देखाउनु भएको छ नि ? ग्ल्यामर भनेको त्यही त हो नि । अरु नायिकाहरुले शरिरको पछाडिको भाग देखाउंदा खासै चर्चा भएको थिएन तर मैले अगाडिको भाग देखाउंदा के के न गरेको जस्तो भएको छ । तर चर्चामा आउनकै लागि छोप्नु पर्ने अंग देखिने पारदर्शी पहिरन लगाउनु उचित हो त ? यसमा उचित र अनुचित भन्ने कुरै छैन नि । त्यही तस्विर प्रकाशित भएको पत्रिका मान्छेले खोजि खोजि किनेको सुनेकी छु । त्यसो भए सेक्सी देखिन अंग प्रदर्शन गर्नु उचित हो ? ग्ल्यामरको लागि केही ओपन हुनु नराम्रो हो जस्तो लाग्दैन । अहिलेको जेनेरेसनले त्यसलाई नै मन पराइरहेको छ । फोटोमा देखिए झैं वास्तविक जीवनमा पनि दिपशिखा सेक्सी नै हो ? यो त हेर्ने मान्छेको आ“खामा भर पर्ने कुरा हो तर वास्तविक जीवनमा फोटोमा जस्तो टिसर्ट लगाएर हिंड्दिन । सेक्सकै लागि प्रस्ताव त प्रसस्तै आउंछन् होला नि ? त्यस्ता प्रस्ताव त कति आउंछन् कति खासगरि फेसबुकमार्फत त्यस्तो प्रस्ताव राख्ने प्रसस्तै देखेकी छु । अनि तपाईंको प्रतिक्रिया के हुन्छ ? कलाकारको कामुक हाउभाउ देखेर सेक्सकै प्रस्ताव राख्नु त मुर्खता हो नि । म त्यस्ता प्रस्तावमा कुनै पनि प्रतिक्रिया दिन्न । नया“ फिल्म साइकोमा पनि सेक्सी युवतीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ रे ? साइको मेरो करियरको टर्निङ प्वाइन्ट जसमा मैले निकै सोझी तर सेक्सको बारेमा निकै चासो राख्ने युवतीको भूमिका निर्वाह गर्दैछु । नयाँ नायिकालाई निर्माता निर्देश्ँकले शारीरिक शोषण गर्छन् भन्ने आरोप छ नि ? महिलाहरुलाई समाजका हरेक क्षेत्रमा शारीरिक शोषण भैरहे को हुन्छ । शोषण सहेर बस्ने कि त्यसको प्रतिकार गर्ने भन्ने कुरा ठूलो हो । तर चलचित्रको भूमिकाका लागि नयाँ नायिकाहरु प्रतिकार गर्दैनन् भनिन्छ नि ? अरुको त मलाई थाहा भएन तर मैले सधैं प्रतिकार गर्दै आएकी छु । प्रतिकार नगरी उनीहरुको प्रस्ताव स्वीकार गरेको भए आज म धेरै चलचित्रमा अभिनय गरेर लोकप्रिय भैसक्थें । नयाँ नायिकाहरुकै शारीरिक शोषण चाहिं किन हुन्छ जस्तो लाग्छ ? नया“ नायिकाहरुलाई सकेसम्म धेरै चलचित्रमा अभिनय गरौं भन्ने हुन्छ । त्यस्तो बेला उनीहरु आफैंले आफैंलाई कमजोर महसुस गर्छन् । नायिकाहरु कमजोर भइदिंदा शारिरीक शोषण हुन्छ । फिल्ममा अभिनय गर्नका लागि जे गर्न पनि तयार हुनेहरु सजिलै शोषणको शिकार हुन्छन् । सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ? एउटा वयष्क मानिसका लागि अत्यावश्यक कुरा हो जसले दुई शरीरको मिलन गराउंछ । विवाहअघिको सेक्सलाई कसरी हेर्नु हुन्छ ? माया गर्ने जोडीबीचमा यो कुरा सामान्य नै हो जस्तो लाग्छ । भविष्यमा विवाह हुने पक्का छ भने त यो अति सामान्य कुरा हो । अन्त्यमा, तपाईं चाहिं यस्तो सम्बन्ध विवाह अघि नै राख्ने कि पछि ? (हाँसो निकै गाह्रो प्रश्न सोध्नु भयो । विवाहपछि सम्म कुर्ने अवस्था नै रहेन । मायामा डुबेको बेला म बाट एक पटक गल्ति भैसके को छ । तर जोस“ग गल्ति गरें, अहिले उसक कुनै सम्बन्ध छैन । भविष्यमा त्यो गल्ति नदोहोर्याउने प्रयास गर्नेछु ।













0 comments