Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

क्यान्सरपिडीत मनिषालाई न्यूयोर्क लगियो

Published on Sunday, December 2, 2012 5:36 PM //

पाठेघरको क्यान्सरबाट पिडीत अभिनेत्री मनिषा कोइरालालाई उपचारका लागि  न्यूयोर्क लगिएको छ । ।मुम्बईस्थित जसलोक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पुष्टी भएपछि परिवारले उनलाई उपचारका लागि न्यूयोर्क लगेको हो ।

मनिषाका पिता प्रकाश कोइरालाका अनुसार मनिषाका साथीको सल्लाहमा परिवारले उनलाई न्यूयोर्क लगेको हो । ‘जसलोकका डाक्टरले क्यान्सर प्रारम्भिक अबस्थाको भएकाले मुम्बइमा नै उपचार हुन्छ भनेका थिए । तर पनि मनिषालाई न्यूयोर्क लाने निर्णय परिवारले गरेको थियो ।।’

मनिषालाई शुक्रबार बिहान जसलोकबाट डिस्चार्ज गरेर घरमा राखिएको थियो । कोइराला परिवारमा यसअघि धेरैलाई क्यान्सर रोगले सताएपनि मनिषाको अबस्था चिन्ता लिनुपर्ने नरहेको मनिषाका पिता प्रकाशले बताए ।
मनिषालाई न्यूयोर्कस्थित मेमोराइजल स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ । मनिषाका साथमा उनका बाबु, आमा र भाई सिद्धार्थ पनि अमेरिकामा  छन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!