Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सलमान र सोनाक्षी ओछ्यानमा मस्त (फोटोफिचर सहित)

Published on Thursday, December 6, 2012 7:33 PM //


बलिउडका नम्बर वान अभिनेता सलमान खानले धेरै अभिनेत्रीहरुलाई बलिउडमा स्थापित गराएका छन् ।कटरिना कैफदेखि सोनाक्षी सिंहा सम्मका अभिनेत्रीहरु बलिउडमा जम्नुको श्रेय सलमानलाई नै जान्छ, भलै उनीहरुले सलमानलाई जस दिउन् नदिउन् ।कटरिना त अहिले बलिउडमा नम्बर वान बनिसकेकी छिन् तर सोनाक्षी भने काम पाउन संघर्ष गरिरहेकी छिन् ।
सोनाक्षी आवश्यकता भन्दा मोटी तथा ग्लामरस पनि नभएकाले धेरै निर्माताहरु उनलाई आफ्नो फिल्ममा खेलाउन उति रुची राख्दैनन् तर सलमान खानले भने आफ्नो हिरोइनका रुपमा सोनाक्षीलाई रोजाइमा पार्छन् ।
सलमान खानसँग सोनाक्षीले अभिनय गरेको फिल्म ‘दबंग टू’ रिलिजको तयारीमा छ ।
यो फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ । यसैबीच फिल्म रिलिज हुने दिन नजिकिइरहेका बेला यो फिल्मबारे चर्चा बढिरहेको छ ।
दबंग टू का केही दृश्यहरु समेत सार्वजनिक भैरहेका छन् । दबंग टू मा सलमान र सोनाक्षीले मनग्गे रोमान्स गरेको देख्न पाइनेछ ।
हालै सार्वजनिक भएको सलमान र सोनाक्षीको बेडसिनले पनि यो कुरा पुष्टि गर्छ । हेरौँ दबंग टू मा सलमान र सोनाक्षीको रोमान्स

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!