HIV एड्स विरुद्ध रेखा र मनिषा लड्दै
Published on Tuesday, November 27, 2012
10:16 PM //
Entertainment,
news
नायिकाद्वय रेखा थापा र मनिषा कोईरालाले एच.आई.भी एड्स विरुद्ध आवाज उठाउने भएका छन । यही डिसेम्वर एक मा पर्ने विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नायिकाद्वय थापा र कोईरालालाई एच.आई.भी एड्स विरुद्ध वकालत गर्न गुडविल एम्वेस्डरको रुपमा चयन गरेको छ । मनिषा कोइरालाले विश्व राष्ट्रमा र रेखा थापाले नेपालमा एच.आइ.भी एड्स रोकथामको विषयमा विभिन्न राजनीतिक दल तथा सरकारी तहमा वकालत पनि गर्नेछन् ।
एच.आइ.भी. एड्स विरुद्ध आवाज उठाउने अवसर पाउँदा खुसी लागेको बताउँदै नायिका थापा भन्छिन्, ‘एच.आइ.भी एड्सबाट प्रभावितहरुका लागी सरकारी तह तथा संघ संस्थाबाट सहयोग उपलब्ध गराउन मेरो तर्फबाट सक्दो आवाज उठाउँछु ।’ एच.आइ.भी. एड्स विरुद्ध आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्न रेखा र मनिषा यही शनिबार पोखरामा हुने चौथो राष्ट्रिय एड्स सम्मेलनमा सहभागी हुदैछन । चार दिने सम्मेलनको उक्त सम्मेलनलाई राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्दैछन् । गत वर्षको गुडविल एम्वेस्डर भने नायिका करिष्मा मानन्धर थिइन् ।
0 comments