Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बिहे गरेर सोनिया अमेरिका पलायन हुँदै

Published on Tuesday, November 27, 2012 10:56 PM //


चलचित्र सिलसिलामा नायक राज तिमिल्सिनासंग चुम्बनको दृश्य दिएर चर्चामा आएकी नायिका सोनिया केसीले सिनेमा क्षेत्रमा खासै चर्चा बटुल्न सकिनन् । त्यसपछि उनले केही सिनेमामा अभिनय गरे पनि उनको चर्चा अभिनयका कारणले हुन सकेन । कहिले सुरेशदर्पण पोखरेललाई बलात्कार गर्न खोजेको आरोप त कहिले गरम् अन्तरवार्ता दिएर भए पनि सोनियाले चर्चा बटुल्ने काम गरिन् । तर, पछिल्लो समय भने उनी सिनेमा क्षेत्रबाट हराएजस्तै भइन् ।
सिनेमा क्षेत्रमा जम्न नसकेपछि सोनिया यतिबेला पलायन हुने सोचाइमा पुगेकी छिन् । तर उनी नेपालभित्र नभई अमेरिकातिर पलायन हुने भएकी छिन् । नायिका केसी विवाह वन्धनमा बाँधिएर अमेरिका हानिन लागेकी हुन् । आफ्नो ६ महिना लामो प्रेम सम्वन्धलाई उनले विवाहमा परिणत गर्न लागेकी छन् ।
 सुकेधारा निवासी देवेन्द्र कार्कीसंग विगत ६ महिनादेखि डेङटिमा रमाएकी सोनिया मंसिर २५ गते विवाह बन्धनमा बाधिँदै छन् । सोनियाले घर परिवारकै सहमतिमा विवाह गर्न लागेकी हुन् । उनको मंसिर ३ गते इंगेजमेन्ट पनि भैसकेको छ । विवाहको स्थान तय नभए पनि घरमा हजुर आमाको निधन भएकाले उनको विवाह मन्दिरबाट हुने भएको छ । अमेरिकाका ग्रिन कार्ड होल्डर देवन्द्रसंग बिहे गरेपछि सोनिया अमेरिका जाने दाउमा छिन् । विहेलगत्तै देवेन्द्र अमेरिका उड्दैछन् भने पनि सोनिया ६ महिनापछि जाने छिन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!