Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

यूरोपमा राजेश र इन्दिरा धुम मच्चाउदै

Published on Thursday, November 29, 2012 2:35 PM //

नेपाली सांगीतिक क्षेत्रका २ चर्चित हस्ति राजेश पायल राई र गायिका ईन्दिरा जोशी नमस्ते यूरोप सांगीतिक यात्रामा सहभागी हुन यूरोप पुगेका छन् ।बेलायतमा भाई तिहार मनाउदै लन्डनबाट सिधै स्विजरल्यान्ड पुगेका राईले पहिलो पटक यूरोपमा आफ्नो सांगीतिक प्रस्तुती पस्कन लागेका हुन् । नमस्ते इन्रटेन्मेन्ट प्रालीको प्रायोजनमा गायक राई र गायिका जोशी यूरोप भ्रमणमा निस्किएका हुन् । यि दुइले हामबर्ग जर्मनीमा ६ डिसेम्बर र बेल्जियमको लुभेनमा ८ डिसेम्बरमा कार्यक्रम गर्ने तय भएको छ ।

यस्तै यूरोप भ्रमणमा रहेका राईको एकल साँझको तयारी युरोपका विभिन्न देशमा गरिएको छ । आधुनिक गायन तथा चलचित्रको पाश्र्व गायनमा चर्चित रहेका गायक राईले विश्वका थुप्रै देशमा आफ्नो सांगीतिक प्रस्तुती पस्किसकेका छन्

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!