‘मेरो बेष्ट फ्रेन्ड’ चलचित्रको पोष्टर नक्कली प्रमाणित
Published on Tuesday, November 27, 2012
1:40 PM //
Entertainment
नेपाली चलचित्र ‘मेरो वेष्ट फ्रेन्ड’को एक
पोष्टरको नक्कल गरी बलिउड चलचित्र ‘जब तक हे जान’ को पोष्टर निर्माण
गरिएको चर्चा नेपाली सिने बजारमा केही साताअघि खुबै चलेको थियो । तर, मेरो
बेष्ट फ्रेन्डको उक्त पोष्टर पनि नक्कली रहेको अर्क प्रमाण फेला परेको छ ।
यी दुबै सिनेमाका पोष्टर आफ्नै दिमागबाट
तयार नभएको तथ्य फेला परेको छ । अनलाइनखबरले गरेको अनुसन्धानले दुबै
सिनेमाको पोष्टर एउटा अंग्रेजी सिनेमाको पोष्टरबाट नक्कल गर्न खोजिएको छ ।
यी दुबै सिनेमाको पोष्टर हलिउड सिनेमा ‘स्पेशल फोर्स’ को पोष्टरबाट
प्रभावित भएका छन् । आर्मी फोर्स र आतंकबादी हमालाका बारेमा तयार पारिएको
यही सिनेमाको पोष्टरबाट नेपाली र हिन्दी सिनेमाको पोष्टर तयार पारिएको हो ।
0 comments