आत्महत्या गर्ने १० पोर्नस्टारहरु
Published on Tuesday, November 27, 2012
2:15 PM //
Entertainment
केही बर्षअघिसम्म पश्चिमा देशहरुमा
पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त
आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण यतातर्फ बढेको थियो । तर इन्टरनेटको
विकाससँगै छ्याप्तछ्याप्ती भिडियोहरु निःशुल्क हेर्न पाइने भएपछि
पोर्नस्टारहरुको पेशा संकटमा परेको हो । सन् २०१० को डिसेम्बर १९ मा चर्चित
पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुण्डिएर आत्महत्या गरेकी
थिइन् ।
सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक
पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । अत्याधिक ड्रक्सको सेवनका कारण उनको
निधन भएको प्रहरीले बताएको थियो । २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी
एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । तर उनले आत्महत्या गर्नुको कारण
प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
कैथरीन सु जाँनस्टन नाम गरेकी एक
पोर्नस्टारको मृत्य शरिर सन् २०११ को १३ अपि्रलमा उनकै विस्तारामा फेला
पारिएको थियो । २००७ बाट आफ्नो करिअर सुरु गरेकी उनले ७० वटा पोर्न
सिनेमामा अभिनय गरेकी थिइन् ।
डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत
शरिर उनकै घरको सावरी पार्किङ स्थलमा फेला पारिएको थियो । उनको निधन
ड्रक्सको अत्याधिक सेवनबाट भएको पत्ता लागेको थियो ।
१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम
गरेकी पोर्नस्टारको टाइलेनाँल नामक ड्रक्स अत्याधिक मात्रामा सेवन गरेका
कारण निधन भएको थियो । ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो ।
पोर्नस्टार एमी जाँनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको
थियो । पोर्न पेशाबाट दिक्क भएर उनले निद्राको औषधी धेरै खाएको अनुमान
लगाइएको छ । सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा
लक्जरी अर्पाटमेन्टमा पाइएको थियो । उनले आत्महत्या गरेको उनी निकट
साथीहरुले बताएका थिए ।
0 comments