Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

विहेको लगनले छोएन कलाकारलाई

Published on Wednesday, November 28, 2012 10:13 AM //


मंसिर महिना लाग्ने बित्तिकै उमेर पुगेका युवायुवतीलाई लगनगाँठो कस्ने चटारोले भ्याइ नभ्याई हुन्छ । तर नेपाली सिनेमाका कलाकारहरुलाई भने मंसिरको चटारोले खासै छोएको छैन । सिनेमामा पटक पटक विहे र ट्रयाजेडीको अनुभव पाइसकेका कलाकारहरुका लागी यो मंसिर महिना निरास हुने भएको छ । अर्थात् यो मंसिरमा कुनै पनि नाम चलेका कलाकारहरुले बिहेको लगनगाँठो नकस्ने भएका छन् ।
Namrata Shrestha

नायिका नम्रता श्रेष्ठ रिलेसनमा भए पनि बिवाहको विषयमा भने अहिले कुनै प्लान नबनाएको उनी बताउँछिन् । त्यस्तै नायक सुमन सिंहले पनि अझै हुनेवाली जीवन साथी भेट्टाएका छैनन् । बिवाह योग्य सुमन भन्छन्, ‘यसपाली दाजुको विहे हुदैछ , मेरो चाहि चार वर्ष पछि हुन्छ होला ।’
Rajesh Hamal

उमेरले पचास वर्ष पुग्नै लाग्दा पनि नायक राजेश हमाललाई विवाहको चिन्ता छैन । उनको गर्लफ्रेण्डको बारेमा मिडियामा खबर आउने गरे पनि न त उनले आफ्नो गर्लफ्रेण्डलाई सार्वजनिक गरेका छन् न त विहेको डेट फिक्स नै । त्यसैले पनि यो वर्षको मंसिर पनि हमालको लागी बिना अर्थको हुने निश्चित छ ।
Nandita KC

त्यस्तै विहे गर्ने उमेर पुगेकी नायिका नन्दिता के.सीले पनि मन मिल्ने वर पाइसकेकी छैनन् । हाल फुर्सदमा रहेकी नन्दिता भन्छिन् ,‘म अरेन्ज म्यारिज नै गर्छु तर चार वर्ष पछि ।’ अर्कोतर्फ नायक कर्मा शाक्यले त विहेको लगन मंसिरमा पर्छ भन्ने कुरा एउटा साथीले पठाएको इन्भिटेसन कार्डले मात्र थाह पाए । साथीको बिहेमा जाने तयारी गर्दै गरेका कर्मा बिहे चाहिं कहिले गर्छन् त ? उनी भन्छन्, ‘मैले विहेबारे केही सोचेकै छैन, र पार्टनर पनि चुज गरेको छैन ।’
Binita Baral

‘चपली हाइट’ गर्ल बिनिता बरालले अबको तीन वर्ष पछि मात्रै विवाह गर्ने योजना बनाएकी छिन् । अहिलेलाई बिहे सम्बन्धी कुनै प्लान नभएको बताउँदै बिनिता भन्छिन्,‘घरमा बिहे गर्ने पालो मेरै हो तर पनि अहिले कुनै हतार छैन ।’ घर परिवारबाट प्रेसर नआएको कारणले विहे गर्न त्यति हतार नभएको बिनिताले बताइन् ।

यी वाहेक आर्यन सिग्देल, गरिमा पन्त, सौगात मल्ल, निशा अधिकारी, सुष्मा कार्की, राजबल्लभ कोइराला, केकी अधिकारी जस्ता थुप्रै अविवाहित कलाकार रहेका छन् । उनीहरुले पनि यो मंसिर महिनामा वैवाहिक सम्बन्ध गाँस्ने कुनै संकेत देखाएका छैनन् । 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!