मेरो जीवन साथीलाई पिजी सर्टिफिकेट
Published on Wednesday, November 28, 2012
9:00 AM //
Entertainment,
Video
फिल्ममा राजेश हमालले तरवार प्रहार गर्दा रगत निस्केकोले पिजी सर्टिफिकेट पाएको निर्देशकको भनाई छ । यस्तै सेन्सरका सदस्यले फिल्ममा प्रयोग भएको चाईना र अमेरिका शब्द हटाउन लगाएको छ । सामिप्य तिमल्सिनाले लेखेको रोमान्टिक प्रेमकथामा आधारित मेरो जीवन साथीमा मल्टिस्टार राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की, रागिनी खड्गीको साथमा नयाँ प्रस्तुतीको रूपमा शिबन पोखरेलको मुख्य अभिनय रहेको छ ।
यहि शुक्रबारबाट देशभरका अधिकांश हलमा रिलिज हुन लागेको यो फिल्मका गीतसंगीतले अहिले बजार तताईरहेको छ । यमन म्युजिकको व्यानरमा सूर्य कार्कीले निर्माण गरेको यो फिल्ममा अर्जुन पोखरेलको सुमधुर संगीत सुन्न सकिनेछ । रामेश्वर कार्कीको छायाँकन रहेको यो फिल्ममा कविराज गहतराज र शंकर बिसीको करियोग्राफी तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । फिल्म डिसिएन सर्भरबाट रिलिज हुनेछ ।












0 comments