बाबुद्वारा २८ महिनाकी छोरीको हत्या
Published on Friday, November 23, 2012
5:48 PM //
news
नुवाकोट, मङ्सिर ८- नुवाकोट जिल्लाको कुमरी गाउँ विकास समिति वडा नं ६ काफलचौरमा गएराति बाबुले छोरीको हत्या गरेका छन्।
अट्ठाइस महिनाकी छोरी अस्मिता तामाङलाई कुटपिट गरी बाबु पूर्णबहादुर तामाङले घरको माथिल्लोतलाबाट आँगनमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मादकपदार्थ सेवन गरी घर गएका पूर्णबहादुरले छोरी र श्रीमतीलाई कुटपिट गर्न थालेपछि श्रीमती ठूलीकान्छी तामाङ हारगुहार माग्न बाहिर निस्किएको समयमा छोरीलाई घरको माथिल्लो तलाबाट फालेको प्रहरीले जनाएको छ।
अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो। अभियुक्त पूर्णबहादुर फरार रहेको बताइएको छ। रासस

0 comments