गाडी चढ्ने नेपाली कलाकारको कथा
Published on Friday, November 23, 2012
5:54 PM //
Entertainment
कतिपयका लागि गाडी आवश्यकता हुन्छ भने
कतिपयलाई सोख । नेपाली कलाकारका लागि भने गाडी आवश्यकतासँगै आफ्नो
‘स्ट्यान्डर्ड मेन्टेन’ गर्नु पनि हो । तर नेपालमा कलाकारिता गरेरै गाडी
चढ्न धेरै गाह्रो छ । किनकि गाडीको चर्को मुल्य नेपाली कलाकारको आम्दानीसँग
मेल खान सकेको छैन । नेपालमा कलाकारिता गरेरै विलासी जीवन जिउन सक्ने
अवस्था अझै आइसकेको छैन ।
पछिल्लो समयमा चल्तीका नेपाली कलाकारका लागि गाडी सामान्य जस्तै बन्दै गएको छ । बजारमा आएका गाडीहरु फेरी-फेरी चढ्न सक्ने भएका छन् नेपालका केही कलाकार । नेपाली सिनेमाका चर्चित नायक राजेश हमालसँग २ वटा गाडी छन् । राजेशलाई १७ बर्ष अघि उनको आमाले टोयटाको कोरोला गिफ्ट दिएकी थिइन् । तर, राजेशले ८ बर्षअघि किया कम्पनीको स्पोटेज गाडी २९ लाखमा किनेका छन् । राजेशलाई आमाले गिफ्ट दिएको कोरोला गाडीले केही बर्षअघि एक बच्चाको ज्यानसमेत लिएको थियो । पार्किङ गरिरहेको गाडीको मुनि छिरेका बालकलाई एक्सल खुस्किएर किच्दा उनको घटनास्थलमै ज्यान गएको थियो । त्यसपछि राजेशको सो गाडी केही समय सञ्चालनमा आएन ।
अहिलेकी चल्तिकी नायिका रेखा थापाले
गाडीको प्रयोग गर्न थालेको लामै समय भैसकेको छ । रेखा आफ्नै कमाइले होन्डाइ
कम्पनीको गेज नामक गाडी चढ्ने गरेको बताउँछिन् । ५ बर्षअघि रेखाले यो गाडी
२२ लाखमा किनेकी हुन् ।
फाइनान्सले गाडीमा लगानी गर्ने भएकाले पनि
नेपाली कलाकारलाई गाडी किन्न सजिलो भएको छ । नेपाली सबै कलाकारले गाडी
चढ्नुपर्छ भन्ने रेखा पछिल्लो समयमा कलाकारले आफ्नै कमाइबाट गाडी चढ्न
सक्ने भएको बताउँछिन् । आफुले २ महिनापछि नयाँ गाडी किन्ने तयारी गरेको
रेखाको भनाइ छ । गाडीको प्रयोग गर्दै आएकी रेखा आजसम्म कुनै पनि दुर्घटनामा
परेकी छैनन् ।
नायक जीवन लुइटेलले फिएट नामक गाडी चढ्न
थालेको १ बर्ष भैसकेको छ । चढेको ३ महिनामै गाडी फेरेर जीवनले फिएट किनेका
हुन् । २५ लाख पर्ने यो गाडी जीवनले फाइनान्सबाट खरिद गरेका हुन् ।
‘फाइनान्सको क्रृण अझै पनि तिरिरहेको छु, जीवनले भने । कलाकारिता मात्र
गरेर गाडी चढ्न सकिने अवस्था अझै नभएको भन्दै जीवनले आफ्नो कमाइको आधा
हिस्सा मात्र गाडीमा लगानी भएको बताए । पैसा नै नकमाएको होइन, तर गाडी नै
चढ्न सक्ने गरी कमाइएको छैन, जीवन बताउँछन् । उनी फिएट नामक गाडी ३ महिनामै
परिवर्तन गर्ने सोचमा छन् । अब यो भन्दा अझ केही महङ्गो गाडी किन्छु होला,
जीवनले अनलाइनखबरसँग भने । भगवानको कृपाले आजसम्म कुनै दुर्घटनामा नपरेको
उनको भनाइ छ ।
नायिका ऋचा घिमिरेले गाडी चढ्न थालेको पनि
लामै समय भैसकेको छ । मारुती सुजिकीको रित्ज नामक गाडी चढ्ने ऋचा
फाइनान्सले कलाकारलाई अझै पनि विश्वास गर्न नसकेको दुखेसो पोख्छिन् । आफ्नो
अनुभव सुनाउदै उनले भनिन्, यदि म कलाकारसँगै निर्माता पनि नभइदिएको भए
फाइनान्सले लोन दिने थिएन ।’ २१ लाखमा १ बर्ष अघि नयाँ गाडी किनेकाले पनि
परिवर्तन गर्न मन नलागेको उनको भनाइ छ । गाडी चढ्नेवित्तिकै आफु गर्भवती
भएकाले चलाउन नै पाइँन, यसैले रहर सकिएको छैन, ऋचा भन्छिन् । गाडी आफै
चढाउँदा डर लाग्ने बताउँदै उनले भनिन्, तर, म सम्पूर्ण तयारी गरेर मात्र
बाहिर निस्कन्छु । ऋचा पनि भगवानकै कृपाले आजसम्म कुनै दुर्घटना नभएको
बताइन् ।
नायक आर्यन सिग्देल , भुवन केसी,
श्रीकृष्ण श्रेष्ठ, अर्जुन कार्की, धिरेन शाक्य, दिल श्रेष्ठ, दिलिप
रायमाझी, रमित ढुंगाना, सविन श्रेष्ठले पनि गाडीको प्रयोग गर्दै आएका छन् ।
नायिका झरना थापा, अरुणिमा लम्साल, करिश्मा मानन्धर, जेनी कुँवर पनि
गाडीमै आफ्नो यात्रा तय गर्छन् । केही बर्षयता सिनेमाको निर्माण संख्यामा
बृद्धि हँुदा कलाकारको आम्दानी पनि बढ्दै गएको छ । देशभर हुने महोत्सव तथा
स्टेज कार्यक्रमका साथमा विदेशमा हुने विभिन्न कार्यक्रमबाट कलाकारहरुले
राम्रै आम्दानी गरेका छन् । यसैले पनि कलाकारको आम्दानी बृद्धि हुदै गएको छ
।
0 comments