Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्न सफल चिकित्सक जोसेफको निधन

Published on Tuesday, November 27, 2012 5:29 PM //

मंसिर १२ । विश्वमा सबैभन्दा पहिले मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्न सफल अमेरिकी चिकित्सक जोसेफ मुरेको ९३ वर्षको उमेरमा निधन भएको छ । उनले साठी वर्ष अगाडि मानव अंग सफलतापुर्वक प्रत्यारोपण गरेको अमेरिकाको बोस्टोन अस्पतालमै मुरेको निधन भएको हो । मुरेले मानव अंग प्रत्यारोपण गरे वापत चिकित्सा शास्त्रमा नोवल पुरस्कार समेत प्राप्त गरेका थिए । 

सन् १९५४ डिसेम्बरमा उनले जुम्ल्याहाको मृगौला प्रत्यारोपण गरेर मानव अंग प्रत्यारोपणको ईतिहास रचेका थिए । मुरेले दोस्रो विश्वयुद्धमा गंभीर रुपमा जलेका सैनिकहरुको उपचार गर्ने क्रममा मानवअंगको प्रत्यारोपणको संभावना खोजी गरेका थिए । सबैभन्दा पहिले कुकुरमा मृगौला प्रत्यारोपणको अभ्यास गरेका उनले त्यसपछि २३ वर्षि रोनाल्ड हेरिकको मृगौला उनका जुम्ल्याहा भाई रिर्चाडमा प्रत्यारोपण गरेका थिए । मृगौला असफल भएका रिर्चाड अंग प्रत्यारोपणपछि आठ वर्ष बाँचेका थिए । मुरे ईश्वरप्रति गहिरो आस्थावान चिकित्सक रहेको बीबीसीले जनाएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!