पदमिनीमा निशाको रूप (भिडियो)
Published on Monday, November 26, 2012
9:20 AM //
Entertainment,
Video
सार्वजनिक प्रोमोमा निशाका बिभिन्न रूपलाई देखाईएको छ तर निशाले के-के गर्छिन् भन्ने कुरालाई भने प्रोमोमा सस्पेन्स राखिएको छ । पौष २७ गतेबाट देशभरका अधिकांश हलमा एकसाथ रिलिजको तयारी गरिएको सो फिल्मलाई राम प्यासीले निर्देशन गरेका हुन् भने बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । निशाको साथमा सरिता गिरी, अनिल थापा र सुनिल दत्त पाण्डे फिल्मका मुख्य पात्र हुन् ।
फिल्मलाई नेपाल रिलिज पूर्व अष्ट्रेलियामा रिलिज गर्ने योजनाका साथ निर्माता बसन्त कुमार श्रेष्ठ भोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् । फिल्मीखबरसँग कुरा गर्दै निर्माता श्रेष्ठले बिदेशमा रहेका नेपालीहरूले हेर्ने खालको फिल्म बनाएकाले पहिलो प्रदर्शन अष्ट्रेलियामा गर्ने तयारी गरेको बताए । यस्तै उनले अन्य देशबाट पनि प्रदर्शनको कुरा चरिरहेको बताउँदै प्रदर्शन गर्न चाहनेले निर्माण युनिट अथवा अफिसियल मिडिया फिल्मीखबरलाई सम्पर्क गर्न सक्ने बताए ।
0 comments