Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मनाङले अमेरिकी फुटबल क्लबसित खेल्ने

Published on Monday, November 26, 2012 10:05 AM //

काठमाडौं , मंसिर ११ (नागरिक)- मनाङ मर्स्याङदी क्लबसँग मैत्रीपुर्ण फुटबल खेल्न अमेरिकाको एम्वेस्डर फुटबल क्लब (एफएसी) अर्को साता काठमाडौं आउने भएको छ। 
लैंङि्गक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत मंसिर २३ गते दशरथ रंगशालामा मैत्रीपुर्ण फुटबल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए।
अभियान आयोजक साथीकी अध्यक्ष बन्दना राणाले एन्फाको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै यसपटक मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको बताइन्।
अभियानको पहिलो दिन आइतबार ए डिभिजन लिगमा खेलाडीबाट बेलुन उडाएको जनाइन्। राणाले साथी र एन्फाको सहकार्यमा देशभर कार्यक्रम आयोजना गरिने बताइन्।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!