साउदीमा १५ महिनायता ३ सय नेपालीको मृत्यु
Published on Tuesday, November 27, 2012
8:40 AM //
news
१२ मंसिर, काठमाण्डौं । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका कामदारमध्ये १५ महिनायता ३ सयभन्दा बढीको मृत्यु भएको छ । काम गर्दा गर्दै मृत्यु भएका ती कामदारका परिवारलाई साउदीले बिमाबापत ८ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ । सडक दुर्घटना, प्राकृतिक घटना, रोगलगायतका कारणले उनीहरुको ज्यान मृत्यु भएको खबर कारोबार दैनिकले छापेको छ । तीमध्ये कतिपयले आत्महत्या पनि गरेका थिए ।
साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेकोमा पछिल्लो समय यो सख्या भने घटेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । सरकारले अभिमुखीकरण र स्वास्थ्य सचेतना कार्यक्रम अगाडी सारेकाले यो संख्या घटेको राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।
0 comments