Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मध्य-मर्स्याङदीमा विद्युत उत्पादन घट्यो, लोडसेडिङ् बढने

Published on Monday, November 19, 2012 8:57 PM //


हिउँद शुरु भएसँगै नेपालकै ठूलोमध्येको एक मध्यमर्स्याङ्दी जलविद्युत आयोजनावाट विद्युत उत्पादन घट्न थालेको छ ।

मध्य-मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँध क्षेत्र । तस्बीर: युवराज श्रेष्ठ/लमजुङ
नदीमा पानीको बहाव कम हुन थालेपछि ७० मेगावाट क्षमताको मध्य-मर्स्याङदी जलविद्युत केन्द्रवाट विद्युत उत्पादनमा कमी आउन थालेको हो ।
अहिले केन्द्रले दिउँसो र राति ५० मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेको छ भने विहान र साँझ भने पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ । पानीलाई सञ्चित गरी विहान-वेलुकी पूर्ण क्षमतामा विद्युत उत्पादन गरिएको केन्द्रले जनाएको छ ।
जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले मुलुकको लोडसेडिङलाई ध्यानमा राखेर विहान-बेलुकीबाहेक अन्य बेलामा ५० मेगावाट विद्युत उत्पादन भएको जानकारी दिए । नदीमा पानीको बहाव कम हु“दै गएकाले विद्युत उत्पादन अँझै घट्ने उनले बताए ।
रन अफ रिभर प्रविधिमा निर्माण गरिएको आयोजनामा जडित ३५/३५ मेगावाट क्षमताका २ वटा र्टवाइनवाट विद्युत उत्पादन भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले ठूला जलविद्युत आयोजनामा पानीको बहाव कम भएर विद्युत उत्पादनमा ह्रास आएपछि लोडसेडिङको समय बढाउने तयारी गरेको छ 

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!