Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

भ्याट बिल माग्दा भिजिटिङ कार्ड

Published on Sunday, November 25, 2012 9:50 AM //

१० मंसिर, काठमाण्डौ । गत १ देखि ७ मंसिरसम्म राजधानी लगायत मुलुकका सबै भागमा मनाएको सातव्यापी राष्ट्रिय कर दिवसका कार्यक्रम प्रभावविहीनजस्तै भाएका छन् । एक साताभर भव्यताका सानथ मनाइएको सो कर दिवसमा सरकारले करसम्वन्धि जागरण ल्याउने खालका विविध चेतनामूलक र्‍याली लगायतका कार्यक्रम गरेपनि अझै राजधानीका नाम चलेका ठूला व्यापारीहरुले समेत सामान विक्री गरेका उपभोक्तालाई बिल दिन मान्दैनन् ।

उनीहरू विक्री भएका सामानको बिल दिनुको सट्टा ग्राहकलाई उल्टै भिजिटिङ कार्ड दिएर पठाउँछन् । जाडो मौसमका लागि न्योनो कपडालगायत अन्य सामान खरिद गरिरहेका अधिकांश उपभोक्ताले अहिले राजधानीका धेरै व्यापारीले सामान किन्दा बिल नदिने गरेको गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । धेरैपटक बिल माग्दा पनि पसलेहरुले सरकारी नियमको बेवास्ता गरी बिल दिन नमानेको उनीहरुको दाबी छ ।

शनिवार भोटाहिटीको साझा गल्लीस्थित एक कपडा पसलबाट १० हजार रुपैयाँको कपडा र महाबौद्धस्थित ३ हजार रुपैयाँको इलेक्ट्रोनिक्स् सामान खरिद गरेका बसुन्धाराका जगदीश खतिवडाले अहिले भोटाहिटी र इन्द्रचोकका कपडा पसलेहरु, महावौद्ध एवं न्यूरोड क्षेत्रका अधिकांश व्यापारीले जाडोका सामानकिन्दा बिल दिन नमानेको वताए । उनले धेरैपटक व्यापारीसंग अनुरोध गर्दा पनि व्यवसायीले भ्याट विल बनाउँदा तपाईहरुलाई नै घाटा लाग्छ त्यसैले बिल काट्नुभन्दा भिजिटिङ कार्ड लिएर जानु भन्ने गरेको वताए ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!