Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मध्यपुरले पुलिसलाई बराबरीमा रोक्यो

Published on Tuesday, November 20, 2012 5:02 PM //

५ मंसिर, काठमाडौं । मंगलबारबाट सुरु भएको ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस नवप्रवेशी मध्यपुर युथ एशोसिएसनसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा संकटाले मनाङ मस्र्याङ्दीलाई पनि बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले मध्यपुरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा मध्यपुरले हग्रता लिएपनि जोगाउन सकेन । पहिलो मिनेटमा वेद श्रेष्ठको पासमा नै जीवन सिंकेमानले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । दोस्रो हापको ४८ औं मिनेटमा भोला सिलबालले हेडमार्फत गोल गर्दै पुलिसलाई बराबरीमा पुर्‍याए ।
अर्को खेलमा संकटाले मनाङ मस्र्याङ्दीलाई १-१ गोलको बराबरीमा रोकेको छ । खेलको ७ औं मिनेटमा निराजन मल्लले गोल गर्दै सुरुवाति अग्रता दिलाएपछि मनाङले जोगाउन सकेन । ५३ औं मिनेटमा संकटाका मनिश गुरुङले बराबरी गोल फर्काए ।
विजेतालार्इ ७५ लाख 
लिग विजेता ७५ लाख रुपैयाँ पाउने छ । ययअघि लिग विजेताले २० लाख पाएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार उपविजेताले ३५ लाख पाउने छ भने तेस्रो हुने १५ लाख, चौथोले ७ लाख, पाँचौं र छैटौंले समान १ लाख ५० हजार र सातौं र आठौं स्थानमा रहने क्लबले १/१ लाख पुरस्कार पाउने छन् । यस्तै अनुसशासित टिमलाई १ mलाख प्रदान गरिनेछ भने उत्कृष्ट फर्वाड, मिडफिल्ड, डिफेन्स, किपर र प्रशिक्षकलाई मोटरसाइकल प्रदान गरिने एन्फाले जनाएको छ ।
शीर्ष ८ सुपर लिगमा, पुछारका तीन रेलिगेशनमा
राउण्ड रोविन लिग प्रणाली अन्तरगत सहभागी १६ टोलीले १५/१५ म्याच खेल्नु पर्नेछ । पहिलो चरणको समाप्तीमा अंकका आधारमा उत्कृष्ट ८ टोली सुपर लिगमा प्रवेश गर्ने छन् । तर, सातौं र आठौं स्थानमा रहने टिमको अंक शीर्ष स्थानको टिमको अंक फरक २१ भन्दा कम हुनुपर्छ । अंक अन्तर २१ भन्दा बढी भए दोस्रो चरण प्रवेश गर्न पाउने छैन भने पहिलो चरणको खेल समाप्तीमा पुछार रहने तीन टोली रेलिगेशनमा पर्नेछ । रेलिगेशनमा पर्ने टोलीले ५ लाख जरिवाना समेत तिर्नु पर्नेछ । अंक बराबरी भए हेड टु हेड प्रणाली लागू हुनेछ । दोस्रो चरणको खेल पनि राउण्ड रोविन लिगकै आधारमा हुनेछ भने दुबै चरणको समाप्तीपछि अंक र गोलका आधारमा लिग विजेताको घोषणा गरिनेछ । विजेताले सन् २०१३ को एएफसी प्रेसिडेन्टस कप फुटबल खेल्ने मौका पाउने छ । प्रतियोगिताको तयारीका लागि हरेक टोलीलाई ३/३ लाख रुपैयाँ दिइनेछ । एन्फाका अनुसार पुरस्कारका लागि १ करोड ४७ लाख खर्च हुनेछ भने कुल अनुमानित लागत २ करोड ६५ लाख रुपैयाँ छ ।
कार्ड र खेलाडीको नियम
३ पटक पहेँलो कार्ड पाएका खेलाडीले एक खेल गुमाउने छन् भने एउटै खेलमा २ पहेँलो र एक रातो कार्ड पाए मैदानबाट निस्काशन गरिनेछ । एउटै खेलमा २ पहेँलो कार्ड पाएपछि अर्को खेलमा पहेँलोसँगै रातो कार्ड पाउनले भने २ खेल गुमाउनेछ । पहिलो चरणमा पाएको १ वा २ कार्ड भने दोस्रो चरणमा गणना गरिने छैन भने ३ पहेँलो कार्ड र रातो कार्ड भने गणना हुनेछ । लिगमा सहभागी क्लबले बढीमा ५ विदेशीलाई खलाउन पाउने छन् भने एकै पटक मैदानमा ४ विदेशी खेलाडीमात्र उत्रन सक्ने छनन् ।
सहभागी हुने क्लब
१, नेपाल पुलिस क्लब
२, मनाङ मस्र्याङ्दी
३, जाउलाखेल युथ क्लब
४, थ्रीस्टार
५, नेपाल आर्मी
६, हिमालयन शेर्पा
७, एनआरटी
८, आरसीटी
९, फ्रेण्ड्स
१०, नेपाल एपीएफ
११, बाँसबारी
१२, बौद्ध फुटबल क्लब
१३, सरस्वती
१४, मच्छिन्द्र
१५, संकटा
१६, मध्यपुर युथ एशोसिएसन

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!