अतिफलाई सुरक्षा दिन १६ सय प्रहरी
Published on Thursday, November 29, 2012
1:17 PM //
Entertainment,
news
यसअघि नेपालमा आएका अन्तराष्ट्रिय
सेलिब्रिटी भारतीय गायक कैलाश खेर, क्यानेडियन गायक ब्रायन एडम्स र उनको
टोली तथा डेनिस पप व्यान्ड एलएलटीआरको सुरक्षामा खटिएका सुरक्षाकर्मीको
तुलनामा आतिफको सुरक्षार्थ खटिएका प्रहरीको संख्या धेरै रहेको प्रहरी
स्रोतले जनाएको छ ।
आतिफ पाकिस्तानी गायक भएको र उनको सुरक्षा
संवेदनशीलताका आधारमा धेरै प्रहरी परिचालन गर्न लागेको महानगरीय प्रहरी
वृत्त काठमाण्डौंले जनाएको छ । यसअघि एकहजार दुईसय प्रहरी परिचालन गरिने
भनिएपनि बुधबार प्रहरी वृत र आयोजक ओडिसी एन्टरटेन्मेन्टसँग भएको छलफलमा थप
चार सय प्रहरी थपिने निर्णय भएको कन्सर्ट आयोजक ओडिसी इन्टरटेन्मेन्टले
जनाएको छ ।
सुरक्षा व्यवस्था मजबुद बनाउन कन्सर्टमा
आउनेहरुको प्रवेश पास पनि यसपटक फरक पारिएको छ । प्रवेश पासका लागि फोटो र
व्यक्तिगत विवरण पूर्णरुपमा लिइएको छ भने टिकट बिक्रि र प्रवेशद्वार पनि
यसअघिका कन्सर्टमा भन्दा बढी तयार गरिएको छ ।
आतिफ शुक्रबार दिउँसो २ : ४० मा त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम रहेको छ । उनको कन्सर्ट हेर्न
१५ हजार दर्शक आउने र उनका गीतमा माग गर्नेमा महिलाको संख्या बढी भएको
आयोजकले जनाएका छन् ।
चार बजेदेखि ६ बजेसम्म चल्ने कन्सटर्मा
उनको ‘दुरी’, ‘ओ लम्हे’, ‘पहेली नजर मे’, ‘ओ मेरे खुदा’, ‘तेरे लिए’ र
‘आदत’ लगायतका गीतहरु गाउँनेछन्र ।
0 comments