Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ए डिभिजन लिगमा थ्रीस्टारको पहिलो जित

Published on Monday, November 26, 2012 4:18 PM //

११ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले बौद्ध क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा बौद्धलाई ४-० ले हराउँदै थ्रीस्टारले पहिलो जित हात पारेको हो । पहिलो खेलमा थ्रीस्टार सरस्वतिसँग पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले चौथो मिनेटमा नै विजय गुरुङको गोलबाट अग्रता लिएको थियो । बौद्धको गोल रक्षक रन्जित गुरुङले सन्तोष साहुखलको प्रहार रोकेपनि बल नियन्त्रणमा लिन सकेनन् र विजयले बललाई पोष्टको दिशा दिए ।
१३ औं मिनेटमा भिक्टरको पासमा योगेश गुरुङ हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । बौद्धलाई निरन्तर दबावमा राखेको थ्रीस्टारले पहिलो हापको अन्त्यमा अग्रता तेब्बर पार्‍यो । किरण लिम्बुको पासमा विजयले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । थ्रीस्टारका लागि चौथो गोल भने सन्तोषले गरे । विराज महर्जनको पासमा उनले हेडमार्फत गोल गरेका हुन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!