प्रियंकालाई पहिलो गाँसमै ढुंगा
Published on Wednesday, December 12, 2012
5:28 PM //
Entertainment
नेपाली सिनेमा क्षेत्रमा नयाँ नयाँ
नायिकाहरुको आगमन भइरहेको छ । तर,सबैजसो नायिकाहरु आफ्नो क्रेज बनाउन असफल
साबित भइरहेका छन् । यसैक्रममा चलचित्र थ्रि लभर्सबाट नेपाली रजतपटमा
भित्रिएकी नायिका प्रियंका कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।
यतिबेला प्रियंका नेपाली रजतपटमा आशा
गरिएकी नायिकाको रुपमा परिचित छिन् । उनको नाममा राम्रा व्यानरले समेत
लगानी गरिरहेका छन् । तर चलचित्र थ्रि लभर्सले आशा गरेअनुसारको व्यापार
गर्न नसकेपछि प्रियंकाको करिअर ढुलमुलाएको हो । शुक्रबारबाट प्रदर्शनमा
आएको चलचित्र थ्रि लभर्सले मल्टिप्लेक्सदेखि सिंगल हलमा समेत राम्रो
व्यापार गर्न सकेन । थ्रि लभर्सको व्यवसायिक असफलतासँगै नायिका कार्कीलाई
मल्टिप्लेक्सदेखि सिंगल हलका दर्शकले नरुचाएको देखिन्छ ।
लसर्भ थ्रि लभर्सको प्रदर्शन पश्चात
प्रियंकाको चर्चा बजारमा खुबै हुने आशा गरिएता पनि त्यो सबै निराशामा
बदलिएको छ । एउटा पनि सिनेमा प्रदर्शनमा नआउँदै नायिका कार्कीमाथि ३ करोड
माथिको लगानी भएको थियो । थ्रि लभर्सले सामान्य रकम समते बजारबाट उठाउन
नसक्ने स्पष्ट छ । यसैले पनि प्रियंकाले अभिनय गरेका अन्य सिनेमाका
निर्माताहरुको लगानी संकटमा परेको अड्कल बजारमा काट्न थालिएको छ ।












0 comments