बिहे गर्न नमान्दा पेट्रोल छर्केर जलाइएकी किशोरीको मृत्यु
Published on Wednesday, December 12, 2012
1:40 PM //
news
काठमाडौँ, मंसिर २७ (नागरिक)- बिहे गर्न नमान्दा पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दिया, गुलरियाकी किशोरी
शिवा हास्मीको आज बिहान सात बजे काठमाडौँको वीर अस्पतालमा निधन भएको छ।
सोमबार काठमाडौँ ल्याइएका उनको उपचारकै क्रममा निधन भएको हो।
उनको ९० प्रतिशत शरीर जलेको चिकित्सकहरुले बताएका थिए।
पीडितका दाजु तनवीर अहमद हास्मीका अनुसार शुक्रबार बिहान ६ बजे घरबाहिर निस्कँदै गर्दा भारत घर भएका २३ वर्षीय बाबु खानले पछाडिबाट एक्कासि पेट्रोल छर्केर आगो लगाइदिएका थिए।
घटनालगत्तै घाइते युवतीलाई जिल्ला अस्पताल बर्दियामा पुर्याइएको थियो। त्यहाँ उपचार भएपछि उनलाई शुक्रबार भेरी अञ्चल अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो। उनले शनिबार दिउँसोदेखि बोल्नसमेत छाडेकी थिइन्। उपचारका लागि उनलाई अरु अस्पतालमा लैजान डाक्टरले सुझाव दिए पनि आर्थिक अभावका कारण तत्काल काठमाडौँ ल्याइएको थिएन। विभिन्न ठाउँबाट सहयोग उठाएर सोमबार काठमाडौँ ल्याइएपछि उनको उपचार खर्च निःशुल्क गर्न मुख्य सचिव लिलामणि पौडेलले निर्देशन दिएका थिए।

0 comments