सिनेमाबाट हराएकी नन्दिता भिडियोमा व्यस्त
Published on Tuesday, December 4, 2012
3:59 PM //
Entertainment
नायिका नन्दिता के.सी हिजोआज सिनेमा
क्षेत्रबाट हराए जस्तै छिन् । उनले अभिनय गरेका सिनेमाहरु निरन्तर असफल
भएपछि नन्दिताको करिअर ढुलमुलाएको हो । तर सिनेमाबाट टाढा हुदै गएपनि
नन्दिताको म्युजिक भिडियो यात्रा भने रोकिएको छैन ।
नन्दिताले भर्खर्र मात्र सानु वाइवाले आवाज भरेको ‘मिठो मिठो’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् ।

फुर्वा शेर्पा प्रोडक्शनले तयार पारेको
भिडियोमा नन्दिता र कपिल श्रेष्ठको अभिनय हेर्न सकिन्छ । सुशन लामो शब्द
तथा संगीत रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् । फुर्वा
शेर्पाले निर्देशन गरेको भिडियोमा प्रशान्त तामाङको नृत्य निर्देशन छ ।
भक्तपुरको सुडालमा छायांकन गरिएको भिडियो छिट्टै बजारमा आउने बताइएको छ ।













0 comments