पूर्व मिस नेपाल सुगारिका केसी बिबाह गर्दै
Published on Wednesday, November 28, 2012
9:05 PM //
news
पूर्व मिस नेपाल सुगारिका केसी बिबाहबन्धनमा बाँधिने भएकी छन् । उनको केही अगाडि कान्तिपुर पब्लिकेसनमा संलग्न तथा हाल बतास कम्पनीमा कर्पोरेट कन्सल्टेन्टका रुपमा काम गरिरहेका सनत न्यौपानेसँग बिबाह हुन लागेको हो ।
यहि मंसिर १५ गते शुक्रबार सनतसँग नख्खुको युनिभर्सल क्याफेमा परम्परागत शैलीमा बिहे गर्ने सुगरिकाले बताइन् । सनत र उनीबीच पहिले देखि नै चिनजान भए पनि उनीहरुको बिबाह प्रेम बिबाह भने नभएको उनले बताइन् ।
पहिलेदेखि नै चिनजान भए पनि घरबाटै कुरा आएर बिबाह गर्न लागेको समेत उनले बताइन् । उनले इन्गेजमेन्ट नगरी एकैचोटी बिबाह गर्न लागेकी हुन् । स्वयम्वर पनि त्यसै दिन हुने जनाइएको छ ।












0 comments