प्रियंकाले थ्री लभर्स निर्देशकलाई नै किन रोजिन् ?
Published on Thursday, November 29, 2012
7:58 PM //
Entertainment
फिल्म रिलिज नभए पनि अहिलेको हट केकको रूपमा नायिका प्रियंका कार्की अगाडी देखिएकी छिन् । समाचार, गसिप देखि अर्न्तवार्तामा उनी नै अगाडी देखिन थालेकी छिन् । हुन पनि लगातार उनका फिल्महरू रिलिजको लिस्टमा छन् भने सुटिङ पनि भईरहेका छन् ।यहि मंसिर २२ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म थ्री लभर्स नायिका प्रियंकाले यसअघि प्रशन्न पौडेलको फिल्म मेरो बेस्ट फ्रेण्डमा अभिनय गरेकी थिईन् । त्यसपश्चात उनले दिपेन्द्र के खनालको भिजिलान्ते र नवराज आचार्यको कलिउडमा अभिनय गरिन् । यि चार निर्देशक मध्ये उनले पहिलो नम्बरमा सुरेश दर्पण पोखरेललाई राखेकी छिन् । उनले किन सुरेश नै रोजिन् त ? प्रश्न गम्भिर छ ।
साप्ताहिक टिभी कार्यक्रम रजतपटमा अर्न्तवार्ता दिंदै नायिका कार्कीले सुरेश दर्पण आफ्नो गड फादर भएको बताएकी छिन् । सिल्भर स्क्रिनमा डेब्यू गरेर उतारेकाले सुरेशलाई उनले गड फादर मानेकी हुन् । थ्री लभर्सलाई डेब्यू फिल्म बताउँदै प्रियंकाले डेब्यू फिल्म मुटुको नजिक रहने बताउँदै सुरेशले यो मौका दिएकोमा खुसी व्यस्त गरिन् । तर उनले फिल्ममा पहिलो पटक भने मेरो बेस्ट फ्रेण्डमा अभिनय गरेकी हुन् ।
यस्तै प्रियंकाले मंसिर २२ गतेलाई कहिल्लै बिर्सन नसक्ने बताईन् । थ्री लभर्स आफ्नो करियरको टर्निङ प्वाईण्ट समेत रहेकाले फिल्म रिलिज मितीलाई उनले सम्झिरहने बताईन् । थ्री लभर्समा सस्पेन्स क्यारेक्टर निर्वाह गरेकी प्रियंकालाई निरज बराल र देबु श्रेष्ठले साथ दिएका छन् ।












0 comments