Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सडकमै खोलो बग्नेगरी भिषण वर्षा, भट्टराई लखनउमा रोकिए (भिडियोसहित)

Published on Thursday, May 23, 2013 8:29 PM //



९ जेठ, काठमाडौं । काठमाडौंमा बिहीबार बेलुकीपख भीषण वर्षा भएको छ । मुसलधारे वर्षाका कारण सडकमा गाडी र मान्छे समेत हिँड्न अप्ठेरो हुनेगरी ठूलो भेल बगेको छ । उसैपनि सामान्य वर्षामा खोलो बग्ने राजधानीका सडक बिहीबार साँझको पानीले अस्तव्यस्त भएको छ ।
कार्यालय छुटेर घर फर्कनेबेला ठूलो वर्षा भएका कारण कतिजना सडकमै अलपत्र परेका छन् । पानी रोकिएला र जाउँला भनेर पर्खेकाहरु पानी थपिँदै जाँदा चिन्तित बनेका छन् । हतार हुनेहरु पानीमा भिज्दै हिँडिरहेका देखिन्छन् । कतिपय सडक छेउका पसलभित्रै भल पसेको छ ।
rain-1
राजधानीका प्रायः सबै ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ‘साँझ ५ बजेसम्म ४१ दशमलव ६ मिलिमिटर वर्षा भएको छ’ मौसमविद सुवास रिमालले अनलाइनखबरसित भन्नुभयो-’वर्षा अझै थपिने सम्भावना छ ।’ पश्चिम तराई बाहेक मध्य र पूर्वका अधिकांश ठाउँमा पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्वी वायुको प्रभावले मौसम बदली भएको र यसको प्रभाव केही दिनसम्म कायम रहने रिमालले जानकारी दिनुभयो ।
सवारी अस्तव्यस्त
मुसलधारे वर्षाका कारण राजधानीमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । बेलुकी ५ बजेदेखि नै सडकमा सवारी चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कलंकी, पुतलीसडक, बानेश्वर, गौशाला, चाबहिल, महाराजगंज, कुपण्डोल लगायतका प्रायः सबै ठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।
सडकमा ठूलो भेल बगेका कारण कतिपय ठाउँमा मोटरसाइकल र साइकल चल्न सकेका छैनन् । चारपाङ्ग्रे सवारी साधन पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् ।
बाबुराम लखनाउमा रोकिए
भिषण वर्षाका कारण विमान अवतरण गर्न नकसेपछि पूर्व प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई भारतको लखनउ पुग्नु भएको छ । भट्टराईसहितका यात्रु लिएर कतारबाट काठमाडौं आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि लखनउमा अवतरण गरिएको हो ।

barsa-1
rain-2
rain-3
rain-5
rain-4
rain-6
भिडियो

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!